LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मिथिला क्षेत्रका चर्चित वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामतको आज निधन भएको छ ।

मिर्गौला सम्बन्धि समस्याले पीडित गायक कामतको बिहीबार बिहान सिरहाको पोखरभिन्डास्थित कामतको पुख्र्यौली घरमै निधन भएको हो । मैथिलीसहित विभिन्न नेपाली गीतहरुमा संगीत दिएका कामत नेपाली संगीत क्षेत्रमा निकै उचाइ पाएका व्यक्तित्व हुन् ।

शास्त्रीय संगीत साधकको पहिचान बनाएका गुरुदेवको गत चैतमा दुवै मिर्गौलामा समस्या देखिएको थियो । पहिल्यैदेखि मिर्गौलामा समस्या रहेपनि स्वास्थ्यमा खराबी देखिएपछि उपचारको क्रममा गत चैतमा रोग पत्ता लागेको थियो । तत्काल काठमाडौंमा उनको प्रारम्भिक उपचारपछि केही दिनसम्म डायलासिस गरियो ।

आर्थिक अभावको कारण काठमाडौंमै उपचार सम्भव नहुने अवस्था आएपछि तीन दिनअघि मात्रै उनी गाउँको घर फर्केका थिए ।
शास्त्रीय संगीतमा ख्याति कमाएका कामतको निधनले मैथिली तथा नेपाली संगितको क्षेत्रमा ठुलो क्षति भएको छ ।

सम्बन्धित खबर