LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

धनुषा–सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्नुपर्ने माग राख्दै इन्जिनियरहरुले गठन गरेको संघर्ष समितिले आज मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउन लागेको छ ।

इन्जिनियर, सिरहा सदरमुकामका बुद्धिजिवि, युवा र केहि जनप्रतिनिधिको टोली मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जनकपुरधाम जान लागेका हुन् । उनीहरुले माग पुरा गर्न मुख्यमन्त्रीलाई १५ दिने अल्टिमेटम दिने बुझिएको छ ।


संघर्ष समितिले साउन २४ मा सिरहा सदरमुकाममा प्रदर्शन गरेको थियो । आज मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र १५ दिनभित्र मधेश सरकार नयाँ पुल बनाउन तयार नभए मुख्यमन्त्री कार्यालयमा आमरण अनसन बस्ने संघर्ष समितिले जनाएको छ ।

कमला नदीमा ०६८ मा पुल निर्माण सुरु भयो । १० वर्ष लगाएर पुलको करिब ९९ प्रतिशत काम पुरा गरियो । तर सामान्य बाढीमै पुलको तीन वटा पिलर भासियो । भासिएको पुल अब काम नलाग्ने भएको इन्जिनियरहरुको भनाई छ ।

सम्बन्धित खबर