LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । संघीय सरकारको गठबन्धन पुनः फेरिने हल्ला चलिरहेको वेला नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले वर्तमान गठबन्धन २०८४ को चुनाव सम्म कायम रहने दावि गरेका छन् ।

बुधवार जनकपुरमा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले नेपाली काँग्रेस र नेकपा एमालेसहितको गठबन्धन २०८४ को चुनाव सम्म कायम रहने बताए । काँग्रेस र एमाले बीच भएको ७ बुँदे सहमतिको चर्चा गर्दै उनले भने,‘ एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २ वर्ष र काँग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वमा १ वर्ष संघीय सरकार रहने सहमति भएको छ । यो सहमतिबाट काँग्रेस पछाडि हटदैनन् ।’

पार्टी भित्र युवाहरुलाई नेतृत्व दिनुपर्छ भने अवाज उठिरहेको विषयमा संचारकर्मीहरुले राखेको जिज्ञसामा प्रवक्ता महतले भने,‘यो नियर्थक वहस हो । यसको अहिले औचित्य छैन । पार्टी वा सरकारको नेतृत्व समक्ष व्यक्तिले गर्ने हो । यसलाई उमेरले छेकवार गर्दैनन् । गिरिजाबाबु ८७ वर्षको उमेरमा पनि पार्टीको नेतृत्व गर्नुभएको थियो । यो कुरा कसैसँग छुपेको छैन । त्यसकरण अहिले उमेरलाई लिएर अनावयश्क कुरा गर्नुको कुनै अर्थ छैन ।’

मुलुकमा देखिएको आर्थिक तरलता, आर्थिक मन्दीको समस्या समाधान गर्न राजनीतिकर्मी,कर्मचारीलाईसहितले इमन्दार हुनुपर्नेमा पुर्व अर्थ मन्त्री समेत रहेका महतले बताए । तीनै तहको सरकारले अनावश्यक खर्च कटौति गर्नुपर्ने उनले बताए ।

सम्बन्धित खबर