LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । मिथिलाका परम्परागत काला, साँस्कृतिक हराउँदै गएको बेला जनकपुरधाममा ६ दिवसीय सामाचकेवा मुर्तिकला निर्माण कार्यशाला सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ र मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा आईतवारदेखि जनकपुरधाम सामाचकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु भएको हो । उक्त कार्यशालाको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मिथिला, मधेशका परम्परागत काला, साँस्कृतिले आपसी भाईचारा,समाजिक एकता तथा समाजिक तथा धार्मिक सद्भावलाई जोड्ने काम गर्दै आएको बताए ।

भाईबहिनी बीचको प्रेम स्नेहलाई सामाचकेवा पर्वले दर्शाउनले गरेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले भने,‘ सबै चाडपर्व आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएको छ । यसले हाम्रो काला,सास्कृतिक तथा मूल्यमान्यता कायम राखेको छ । त्यसकरण यसको संरक्षण प्रवद्र्धन प्रदेश सरकार प्रतिबद्ध छ ।

सामाचकेवासम्बन्धी कार्यशाला आयोजनाले मूर्तिकला लागेकाहरुको जीविकोपार्जन समेत टेवा पुग्ने उनले बताए । कार्यशालामा बरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलले मिथिलाका परम्परा कलासाँस्कृतिमा जीवन दर्शन र मानवको जन्मदेखि मुत्य सम्म पक्षसँग जोडिएको बताए ।
सामाचकेवाले नारीशक्तिको महत्ता, पारिवारिक ढाँचाको पुनर्गठन, पर्यावरण संरक्षण, असामाजिक तत्वको विरोध र सबैखाले विभेद तथा विभाजनविरूद्धको सन्देश दिने गरेको वरिष्ठ साहित्यकार डा.बिमलको भनाई थियो ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रामसरोज यादवले सांस्कृतिक उत्थानकालागि मैथिली विकास कोषले सराहनिय कार्य गर्दै आएको बताए ।
कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवाका मूर्ति निर्माण कार्यशालाबाट नयाँ पुस्तामा समेत आफ्ना परम्परागत कला सिक्न र जगेर्ना गर्ने कौशल हासिल हुने बताए । उनले जनकपुरधाम र यहाँका धरोहरहरूको गौरव गरिमा वृद्धि गर्नेगरी जनक र जानकीको मूर्ति उत्पादन गर्ने र बिक्रीवितरण गर्ने प्रबन्ध हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर