LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । धनुषासहित मधेश प्रदेशमा ७ वटै स्थानमा भएको सस्थानीय तहको उपनिर्वाचनम शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का वडाध्यक्षको भएको उपनिर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । कुल ३ हजार २२६ मत रहेकोमा २ हजार २५८ मत खसेको छ । जुन कुल मतको ६९ दशमलव ९९ प्रतिशत हुन्छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले धनुषामा सोचोकोभन्दा बढी शान्तिपुर्ण र उत्साहपुर्ण उपनिर्वाचन भएको बताए । सो वडाका वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरि, महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा ७० प्रतिशत मतदान भएको छ । २ हजार १४१ मतदाता रहेकोमा १ हजार ५१४ जनाले मतदान गरेका छन् ।

त्यसैगरि, सप्तरीको डाकेश्वर नगरपालिका वडा नम्बर १ मा भएको निर्वाचनमा ७१ द्यशमलव ८१ प्रतिशत, रौतहटको गढीमाई नगरपलिका वड ८को उपनिर्वाचनमा ८१ दशमलव ३१ प्रतिशत, इश्वनाथ नगरपालिका वडा नम्बर ७मा ६८ दशलव १७ प्रतिशत र राजपुर नगरपालिका वडा नम्बर ६ मा ७० दशलव ४३ प्रतिशत मतदान भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका सैब स्थानमा शान्तिपुर्ण उपनिर्वाचन सम्पन्न भएको मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि अचार्यले बताए । उपनिर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरण बनाउन उल्लेखनिय संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए ।

सम्बन्धित खबर