LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सुनिल कापर केवट निर्वाचित भएका छन् ।

आइतबार भएको उपचुनावमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ । सो वडामा काँग्रेस नेता आनन्दन ढुगंना र धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलका घर समेत रहेको छ ।

कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे । साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेकपा (एमाले) का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत पाए ।

यसअघि यो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका विश्वनाथ यादव निर्वाचित भएका थिए । उनको निधन भएपछि सो वडामा उपचुनाव भएको हो ।

सम्बन्धित खबर