LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धानमा बेनामी उजुरी दिने प्रवधानले जनप्रतिनिधी तथा कर्मचारीलाई कार्य सम्पादन गर्न समस्या हुने गरेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्दिवास कार्यालयले सोमवार जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री सिंहले अख्तियारमा पर्ने बेनामी उजुरीका कारण कार्य सम्पादनमा समस्या हुने गरेको बेनामी उजुरीको व्यवस्था बन्द हुनुपर्ने धारणा राखे । पहिचान खुल्ने गरि उजुरी दिएपछि मात्रै अख्तियारले दर्ता गर्नुपर्ने कानुन प्रवधान लागु हुने पर्ने मुख्यमन्त्री सिंहको भनाई थियो । मुख्यमन्त्री सिंहको मन्तव सम्पन्न भएलगतै मन्तव राखेका अख्तियार प्रमुख जयवहादुर चन्दले वेनामी उजुरी नलिनेहो भने अख्तियारलाई बन्द नै गरदिदाँ हुने बताए ।
अख्तियारले बेनामी उजुरी लिएन भने मुलुकमा आर्थिक अनियमितता, वितीय सुशासन समाप्त हुने उल्लेख गर्दै उनले भने,‘ अहिले बेनामी उजुरी लिदाँ त भष्टारको रजगज छ । पहिचान खुलेका उजुरी मात्रै लियो भने एउटापनि उजुरी आउँदैन । र अख्तियारको काम पनि हुदैन । अख्तियारको आवश्यकता नै हुदैन ।’ ठेक्का दिने र लिने दुवै शक्तिशाली हुन्छ, उनीहरुको हरेक क्षेत्रमा पहुँज हुन्छ, उनले भने,‘ यदि ति व्यक्तिहरुको विरुद्ध पहिचान खुल्ने गरि कसैले उजुरी गरे त्यसको परिणाम के हुन्छ ? कसले आफुलाई जोखिममा राखेर उजुरी गर्छन ? कसैले गर्दैनन ।’
मुख्यमन्त्री सिंहले भने,एउटै घटनाको अख्तियारले अनुसन्धान गर्न वर्षो लगाउछ, एउटै घटनाको जानकारी पटक पटक माग्छन, यस्तो कर्मचारी तथा जनप्रतिनिधीहरु विकासको काम छोडर अख्तियारलाई नै जवाफ दिन हैरान हुन्छन् ।’ मुख्यमन्त्रीको प्रश्नको जवाफ दिदै अख्तियार प्रमुख चन्दले भने,‘ अनुसन्धान पुरा नभएपछि पटक पटक कागजात माग्नु, जवाफ माग्नु अख्तियारको कर्तव्य हो । त्यसको जवाफ पठाउनु सम्बन्धित निकायको दायित्व हो । कारण अख्तियार कुनै वाहिरको संस्था होईन, यो पनि नेपाली जनताको संस्था हो । अनियमिमतता रोक्ने जनताले अख्तियारलाई संस्थालाई जिम्मेवारी दिएको छ ।’
भष्टाचार नियन्त्रण गर्न अहिले पनि कानुनको अभाव रहेको उल्लेख गर्दैै उनले भष्टाचारीलाई तुको तु कारर्वाही गर्न सक्ने गरि कानुन ल्याउनु आजको आवश्यकता रहेको उनले बताए । कार्यक्रममा मधेश प्रदेशका मन्त्री तथा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित खबर