LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । इस्लाम धर्मावलम्बीले आज‘सब–ए–बारात’पर्व धुमधामका साथ मनाएको छ । भारतसहित अन्य स्थानमा विहिवार राति मनाएपनि जनकपुरधामसहित यस क्षेत्रमा शुक्रवार राति शव–ए–बारात मनाएको हो ।

इस्लामिक महिना सवाणको मनाईने ‘सब–ए–बारात’पर्वको अवसरमा मुस्लिम समुदायले आज रातभर जाग्राम बसेर सामुहिक नमाज पढ्ने, कुरानखानि, फतिह, मिलाद गराउने तथा कब्रिस्तान(चेहानस्थल)मा गएर मृत्यु भएका आफ्ना आफन्त तथा नजिकको लागि दुवा प्रर्थाना गर्ने गर्छन् ।

‘सब–ए–बारात’को १५ दिन अघि देखि नै मुस्लिम सामुदायका व्यक्तिहरुले घरको सरसफाई देखि कब्रिस्तानको सरसफाई गर्ने गर्छन् । ‘सब–ए–बारात’को राति चाना, सुचिसहितका बलुवा बनाई फतिहा गराउने चलन छन् ।

त्यसैगरि, धार्मिक गुरुहरुलाई घरमा बोलाई कुरानखानि( कुरान पढाउने), मिलाद गर्ने, गरिब विपन्नहरुलाई घरमा बोलाई मिठो परिकार खुवाउने तथा उनीहरुलाई दानदक्षिण दिने गर्छन् ।

‘सब–ए–बारात’मा रातभरि जाग्राम बसेर धार्मिक क्रियाकलाप गरेको खण्डमा अल्लाह खुसि हुने र व्यक्तिले चिताएको कुरा अल्लाह पुरा गर्ने तथा विगतमा गरेका पापहरुको अल्लाहले माफि गरिने दिने जनविश्वास गरेको इस्लामिक धार्मिक गुरु मोफ्ति उसमान बरकातिले बताए ।

जनकपुरधामका समाजसेवि तथा मौलना अजिज राईनले भने,‘ ‘सब–ए–बारात’भनेको ईबादत( धर्मकर्म) को राति हो, यो राति मान्छेले जतिधर्म गर्छन, तो अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य पाउछन् । त्यसैले यसलाई मुस्लिम सामुदायले ‘सब–ए–बारात’लाई धुमधामका साथ मनाउने गर्छन् ।’

जनकपुरधामकी फैजाने महिदा मदरसाका मोफ्ती उसमान बरकातीले भने,‘ यो महिनानिकै पुण्यको महिना हो । यो महिनामा हजरत मोहम्मद साहब रोजा बस्नु हुन्थियो । यो महिनामै सब–ए–बरात मनाईन्छ । सब–ए–बरातकै राती अल्लाहले वर्षभरीमा कस्को कति रिजक(आय) हुन्छ ?कसको जन्म र मृत्यु हुन्छ सबै अल्लाहले उल्लेख गर्छन । त्यसकारण यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्छ ।’सब–ए–बारात’को सम्पन्नभएको १५ दिन पछि रामजान पर्व सुरु हुने उनले बताए ।

 

 

सम्बन्धित खबर