LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका– ५ का दीपक मलिकले सुरक्षा र अवासको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटेका छन् ।
दलित अगुवासहित मलिकले आज मंगलवार जनकपुरधामस्थित मुख्यमन्त्री निवास पुगेर आफ्नो परिवार असुरक्षित र अवासको प्रवन्ध मिलाई दिन मुख्यमन्त्री सिंहसँग माग गरेका छन् । मुख्यमन्त्री सिंहसँगको भेटमा मलिकले आफ्नो परिवारमाथि ज्यादती गर्ने गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि कानुनी कारवाही अघि बढेपछि आफूहरु असुरक्षित बनेको सुनाएका थिए ।
गाउँपालिका अध्यक्षका आफन्तहरुले अदालतमा गएर बयान फेर्न र मिलापत्र गर्न आफुहरुलाई दबाब तथा धाकधम्की दिइरहेको भन्दै उनले आफू लुकेर बस्न बाध्य भएको र कुनै पनि बेला आफ्नो परिवारमाथि भौतिक आक्रमण हुन सक्ने भन्दै मुख्यमन्त्रीसँग गुनासा पोखेका थिए । सबै कुरा थाहा हुँदाहुँदै पनि प्रहरीले आफ्नो परिवारको सुरक्षाको विषयलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ ।
आफ्नो घर भत्काइएपछि अहिले आफूहरूसँग बस्ने लायक घरसमेत नभएकोले घरको व्यवस्था गरिदिन पनि उनले मुख्यमन्त्री सिंहसँग माग गरेका छन् ।
दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा तीनै जनाविरुद्ध गत शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।
घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष गत शुक्रबार नै पक्राउ परिसकेका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा छन् ।
यता, भेटमा मुख्यमन्त्री सिंहले सुरक्षा र अवासको लागि आफुले पहल गर्ने मलिकलाई आश्वासन दिएका छन् ।

सम्बन्धित खबर