LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । जानकी नवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको छ । जनकपुरधामसहित नेपाल भारतका विभिन्न स्थानमा आज धुमधामका साथ सीता जन्मजयन्ती मनाईदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।
सीताको जन्मदिनको अवसरमा आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ । जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट साधुसन्त, श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुरधाम पुगेका छन् ।

विहान दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम राखिएको जानकी मन्दिरका छोटा महन्त रामरोशन दासले जानकारी दिए । जानकी नवमीको अवसरमा भारतका धर्मगुरु रामभद्रचार्य महाराज समेत जनकपुरधाम आएका छन् ।

सम्बन्धित खबर