LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम ।मधेश प्रदेशमा बढ्दो सुख्खा संकटका बीच भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री, सचिवसहित सम्पूर्ण कर्मचारीहरूले प्रदेश विपद तथा राहत कोषमा तीन दिनको तलब दिने निर्णय गरेका छन्।

मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीमा उक्त घोषणा गरिएको हो।

नेकपा (एमाले) संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री माननीय सरोज कुमार यादवको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सचिव संजय साह, महाशाखा प्रमुखहरू, सम्पूर्ण पूर्वाधार कार्यालय प्रमुखहरू र कर्मचारीहरू सहभागी थिए। मन्त्री यादवले प्रदेश सुख्खा–ग्रस्त अवस्थामा रहेका बेला सरकारी तहबाट चालेको यो कदमले नागरिकप्रति समर्पण र उत्तरदायित्व दर्शाउने बताए।

कार्यक्रममा मन्त्रालयको समग्र विकास खर्च ७८.२० प्रतिशत पुगेको जानकारी दिइयो। मन्त्री यादवले तीव्र विकास गतिका लागि प्रशंसा गर्दै आगामी दिनहरूमा अझ बढी मेहनत र लगनका साथ काम गर्न निर्देशन पनि दिए।

गोष्ठीमा विकास निर्माणमा देखिने समस्याहरूको पहिचान र समाधानका उपायहरूमाथि समेत गम्भीर छलफल भयो। साथै मन्त्रालयको तर्फबाट सुख्खा राहत, पूर्वाधार सुधार, र आगामी कार्ययोजना तय गर्न रणनीतिक पहलहरूबारे पनि समीक्षा गरियो।

सरकारी कर्मचारीको तलब दान गर्ने यो निर्णयले संकटग्रस्त नागरिकप्रति सहानुभूति र सघन सहयोगको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताए।

सम्बन्धित खबर