LIVE
टिपरको ठकरले स्कुटी चालकको घटनास्थलमै मृत्यु | प्रादेशिक अस्पतालको शवगृह नजिकै पुरुषको शव फेला, मृतकका आफन्तद्वारा विरोध प्रदर्शन | मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने | चाडपर्वले बजारमा बढ्यो किनमेलको पहलपहल, महँगीले उपभोक्ता मारमा | एमालेपछि एमालेपछि नेकपा पनि छोडे मुख्यमन्त्री यादवको साथ | जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी तीव्र, १७ बोगीसहितको रेलबाट परीक्षण | एक लाख घुससहित सर्लाहीमा नायव सुब्बा पक्राउ | कर्मचारी सरुवामा विभेद र राजनीतिक हस्तक्षेपको आरोप, चुरे संरक्षण अभियान आन्दोलित | १९ वर्षदेखि अधुरो रामजानकी रंगशाला ः बजेट आयो, खर्च भएन ः अब वार्षिक २५ करोड लगानीको तयारी | विद्युत् प्राधिकरण बाधक बन्दा अलपत्र भयो मधेशको सौर्य सपना |

जनकपुरधाम । जनकपुरधामको पिडारी चोकमा टिपरको ठक्करबाट स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई बिहीबार साँझ ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले टिपरसहित महोत्तरीको भंगहा नगरपालिका–७ सितापुर निवासी २२ वर्षीय चालक सचिनकुमार सिंहलाई नियन्त्रणमा लिई घटना अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर