जनकपुरधाम । कमला नदीमा नुहाउने क्रममा डुबेर धनुषाका एक युवकको मृत्यु भएको छ ।
शनिबार बिहान कमला नदीको उदराहिनी क्षेत्रमा नुहाउन गएका धनुषाको सबैला नगरपालिका–१२ निवासी २४ वर्षीय विभास राउतको डुबेर मृत्यु भएको हो । उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका राउत नुहाउने क्रममा नदीमा डुबेका थिए । बिहान करिब १० बजे घटना भए पनि प्रहरीले साँझ ५ बजे मात्रै उनको शव बरामद गरेको थियो ।

प्रहरीले शव बरामद गरी पोस्टमार्टमका लागि जनकपुरधामस्थित अस्पताल पठाएको जनाएको छ ।





