LIVE
होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड | मधेश प्रदेशको नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक हुने | योजनामा अनियमितता वारे अवाज उठाउदा जनमतकी साँसद खातुनमाथि आक्रमणको प्रयास | १५ बुँदे सहमति पश्चात मधेश प्रदेश सरकार विस्तार | मधेश कांग्रेसका प्रमुख सचेतक झाले दिए राजीनामा | उखु किसानको रकम अझै रोकियो सरकारसंग सांसद अमरेशकुमार सिंहको माग | मधेश प्रदेश सरकारको भविष्य अव प्रचण्डको हातमा |

जनकपुरधाम । जनकपुरधाम उपमहनगरपालिका–१९ जमुनिमा एक जमिनदारले बाटोमौ धान रोपेपछि चमार सामुदायको तीन घरपरिवार विच्चलीमा परेका छन् ।

जनकपुरधाम–१९ जमुनिया बस्ने लटु महारा चमार, श्रीवति महरा चमैन र सुसिला देवि महारा चमैनको घर जाने बाटोमा स्थानीय भोला यादवसहितले धान रोपिदिएपछि उनीहरु घरमै थुनिएका हुन् । ६० वर्षिय लुट महारा चमार स्थानीय भोला यादवको करिव २० वर्षदेखि दैनिक रुपमा मजदुरी बनिहारी गर्दै आएका थिए । तर उनको स्वास्थ्य अस्था बिग्रीएपछि उनी करिव ६ महिनादेखि काम छोड भोलेका छन् । काम छोडेपछि यादवले महारा र उनका परिवारजनलाई विभिन्न वहनामा शारिकरिक तथा मानसिक याताना दिने गरेका छन् । यति सम्मका लागि यादवले महराको घर जाने बाटो नै बन्द गरि घरमै थुन्ने कार्य गरेका छन् ।

पीडित महाहराले भने,‘ म शारिक रुपमा अपाङ्ग छु, स्वास्थ्य अवस्था ठिक पनि छैन । तर पनि मालिकले आफ्नोमा काम गर्न दवाव दिईरहेका हुन्छ ।’ अव काम गर्न सक्दिन, मेरो स्वास्थ्य ठिक छैन भन्दा भोला यादव, भतिजा इन्देश यादवसहितले वेलावेलामा मलाई धामधम्की देखाउछन्, महराले भने,‘ दुई दिनदेखि घर जाने बाटो नै बन्द गरि त्यसमा धान रोपिदिएका छन् ।’

हामी तीन जना महारा परिवार विगत १० वर्षदेखि यहाँ बस्दै आएको छौ, उनले भने,हाम्रो घरमा विद्यृत मिटरपनि जडान छ । तर अहिले आएर भोला यादवले ति बाटो आफ्नो भएको भन्दै दुई दिन अगाडी हामीलाई कुटपिट गरि जर्वजस्ती बाटोमा खनजोत गरेर धान रोपेका छन् ।अव हामी कसरी घरबाट वाहिर निस्कन छौ ?

आर्थिक रुपमा दयनिय महरा परिवारलाई १० वर्ष अघि भोला यादवले नै उनीहरुलाई सो जग्गा खरिद गराई बस्न घरवार बनाउन सहयोग गरेका थिए । यादवले आफ्ना नातामा पर्ने भाई योगनारायण यादवसँग जग्गा खरिद गर्न लगाई उनीहरुको घरवार बसाई दिएका थिए । योगनारायण यादवले भने,‘ त्यतिवेला उनीहरुलाई म आफ्नो जग्गा बेच्ने वाला थिएन, कारण बाटोको समस्या थियो । मेरो जग्गा सडकसँग जोडिएको थिएनन् । तर भोलाले उनीहरुलाई आवतजावतको लागि म आफ्नो जग्गा दिन्छु , त्यसको वापत मलाई पछाडिको जग्गामा खेतमा जान सडक दिनुपछर्् भने । मैले पनि उहाँको प्रस्तावमा सहमति गरेर उनीहरुलाई जग्गा दिए । उनीहरुले सो जग्गामा घरपनि बनायो । करिव ८÷१० वर्षदेखि उहाँहरु सो घरमा बस्दै आएका छन् । कुनै रोकठोक थिएनन् । तर अहिले आएर भोलाले समान्ती र अत्याचारी चरित्र प्रदर्शन गर्दै उहालाई घर जाने बाटो रोकेका छन् ।’

भोलाले सिट्टैमा बाटाको लागि जग्गा दिएका छैनन्, योगनाायण यादवले भने,‘ त्यसको साटोमा मैले उनलाई खेतमा जान बाटो पनि दिएको छु ।तर अहिले आएर अनावश्यक रुपमा कमजोर परिवारलाई दुःख दिने काम गरिरहेका छन् ।’ न्यायको लागि आफुले गाउँमा भद्रभलादमीलाई दुखेसो पोखेपनि कुनै सुनवाई नभएकोले महरा सामुदायको आरोप छ । आफुहरुलाई न्याय गरिदिन मानव अधिकार आयोग, प्रहरी प्रशासनसहितलाई समेत गुहार लगाएका छन् ।

सम्बन्धित खबर