LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

धनगढी । सासुमाथि बुहारीले कुटपिट गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालकलाई अछाम प्रहरीले सम्मान गरेको छ । पञ्चदेवल विनायक नगरपालिका– ६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट गरेको घटनाको भिडियो मोबाइलमा कैद गरेर बाहिर ल्याउने उनका ११ वर्षीय नातीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले पारिवारिक हिंसालाई भिडियोमा खिचेर बाहिर ल्याएर दोषीलाई कानुनी दायरामा उभ्याउने काममा सहयोग गरेकाले सो सम्मान गरिएको बताए । शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले उनलाई फूलमाला, दोसल्ला र सम्मान पत्र दिँदै सम्मान गरेको प्रहरी निरीक्षक विष्टले भने ।

गत बुधबार पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट भएको भिडियोलाई ती बालकले खिचेका थिए । उनी सासु कुटेको आरोपमा पक्राउ परेकी देवसरा न्यौपानेका छोरा हुन् । उनले देवसरासहितका दुई जनाले जैसरालाई कोठाभित्र थुनेर कुटपिट गरिरहेको अवस्थामा बालकले लुकेर भिडियो बनाएको थियो । सोही भिडियोका आधारमा प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेका थिए ।

सम्बन्धित खबर