LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

काठमाडौं । लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षको ताला खुलेको हो । ताला लगाइएको करिब तीन महिनापछि त्रिवि केन्द्रीय कार्यालयमा लगाइएको ताला बिहीबार खोलिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।उनले भने, ‘हिजो नेविसंघको केन्द्रिय पदाधिकारी आएर ताला खोलेर जानुभयो । अब त्रिवि पूर्ण रुपमा खुलेको हो ।’ असार २७ गतेदेखि रेक्टर, शिक्षाध्यक्ष कार्यलयमा र उपकुलपतिको सचिवालय र कार्यकक्षमा नेविसंघ त्रिवि इकाइले लगाएको थियो।

उनका अनुसार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ताला खोलेका हुन ।नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले भदौ २७ गते त्रिवि नेविसंघ समितिको बिघटन गरेका थिए । त्रिविको आर्थिक प्रशासन महाशाखाको मुख्य कक्षमा उपत्यका नेविसंघले असार २७ गते लगाएको ताला असोज ५ गते खोलिएको थियो ।त्रिभुवन विश्वविद्यालयमा निरन्तर तालाबन्दीको कारण शिक्षक, कर्मचारीहरुको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवं कर्मचारीहरुले पेन्सनलगायत रोकिएपछि त्रिवि कर्मचारीहरुले ताला खोल्न अपील गर्दै विज्ञप्ति निकालेपछि ताला खुलेको थियो ।

सम्बन्धित खबर