LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

फाएजा फहमीदा
जनकपुरधाम । जनकपुरधामसहित देशभरि तीज, चौरचन लगायतका पर्व धुमधामका साथ मनाईदै छ ।
हरितालिका तीज, चौरचन, विश्वकर्मा पुजा र गणेश चुतुर्थी सहितका पर्व आजैको दिन परेकोले शहरदेखि गा्रमिण क्षेत्र सम्म चाडपर्वको रौनक देखिएको छ । हिन्दु नारीहरुले मनाईने तीजको पर्वको अवसरमा श्रद्र्धालु महिलाहरुको विहानैदेखि घुइँचो लागेको छ । त्यसैगरि, तीज पर्वको अवसरमा जनकपुरधामका गणेश युवा कमिटीले साँस्कृति कार्यक्रमको आयोजना गरेको छ ।
त्यसैगरि, मधेशका जिल्लाहरुमा निष्ठापुर्वक मनाई चौरचन पर्वको लागि आवश्यक समाग्रीहरु किनमेल गर्न बजारहरुमा सर्वसधारणको विहानै देखि भिड लागेको छ । खास गरि चौरचन पर्वमा स्थानीय स्तरमा उत्पादन हुने समाग्रीहरुको पुजामा प्रयोग गर्ने चलन रहेकोले बजारमा फलफुल, माटोको भाडो, मिठाईसहितका समाग्रीहरु खरिद गर्नेहरुको भिठभाड देखिएको छ ।
कुनै भाकल गरेका व्यक्तिहरु खास गरि चौरचन पर्व मनाउने गर्छन । यस पर्वका लागी ब्रतालु महिलाहरुले आ– आफनो घरको आँगनमा पुजा समाग्री चढाएर उदाएदै गरेको चन्द्रमालाई अर्ध दिने चलन रहेको छ ।
भदौ शुक्ल चौथीका दिन मनाइने चौरचण पर्वमा सुर्य अस्त भएपछि गाईको गोबरले आँगनलाई लिपेर त्यसमा चामलको पिठोले अरिपन बनाइन्छ । त्यसपछि बनार्ईएको अरिपनलनजिक दिप बाल्ने, अरिपनमा नयाँ माटोको भाडोमा जमाएको दही, मिठाईन, नारिवल, केरा, स्याउ, पुरि लगायतका पुजाका समाग्रीहरु राखेर चन्द्रमालाई देखाएर चौरचन पर्व गरिने परम्परा रहेको साँस्कृतिविद तथा पुर्व प्रध्यापक परमेश्वर कापरले बताए ।


खास गरि खीर पुरी दहि र गच्छेअनुसारका अन्य मिष्ठान परिकार तथा केरा र मौसम अनुसारका फलफुल चन्द्रमा लाई देखाएर परिवारजन तथा इष्ठमित्रलार्ई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुने जनविश्वास रहेको उनले बताए । चौरचन पर्वको अवसरमा गणेश र चन्द्रमाको कथा सुन्ने परम्परा समेत रहेको छ ।


यता, विभिन्न चाड पर्व एकैसाथ परेपनि जनकपुरधामको व्यापारमा भने मौलाउन सकेको छैन । जनकपुरधाम उपमहानगरपालिकाको पेठिया बजार नजिकै माटोको भाडावर्तन बेच्ने मोहन पण्डितले चाडपर्वको अवसरमा पनि राम्रो व्यापार नभएको दुखेसो सुनाए । गत वर्ष चौरचन पर्वको अवसरमा दैनिक १० हजारभन्दा बढीको भाडाकुडा विक्रि हुन्थियो उनले भने,‘ तर यस वर्षको व्यापार निकै सुस्त छ, कारोवार छैन । दैनिक ५ हजारको पनि कारोबार हुदैन ।’
मोहनकै छेउमा फलफुल बेच्ने तलेबर साहले पनि आर्थिक मन्दीको कारण यहाँका व्यपारव्यवसायको अवस्थामा चाडपर्वमा पनि सुधार भएन । चाडपर्वमा राम्रो व्यापार हुने भनेर फलफुल बढी नै खरिद गरेर राखेका थिए तर सोचे अनुसार विक्रि नहुदाँ घाटा नै लाग्ने चिन्ता थपिएको उनले दुखेसो पोखे ।

सम्बन्धित खबर