LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । २५ चैत
महोत्तरीको औरही नगरपालिकाको सहयेगमा स्थानीय २७८ भुमिहिन घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ ।
शुक्रवार औरही नगरपालिका वडा ६ मा एक कार्यक्रमको आयोजना गरि स्थानिय २७८ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
नापी कार्यालय महोत्तरी जलेश्वरको २ नं. टोलीले साविकको खोपी गाविस वडा नं. २, ३, ४ र ५ को वासीलाई गाउ ब्लक लालपुर्जा वितरण गरिएको औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले बताए । जमिन भएरपनि भुमिहिन भएर बसेका स्थानीयलाई लाल पुर्जा गरिएपछि अव उनीहरु ति जग्गालाई बैक तथा वित्तिय संघसंस्थाबाट ऋण लगायतका सुविधा लिन सहज भएको मेयर यादवले बताए ।
गाँउ व्लक लालपूर्जा वितरण कार्यक्रम अन्र्तगत उनीहरुलाई लालपुर्जा वितरण गरिएको नापी अधिकृत राकेश कुमार झाले जानकारी दिए । जग्गाको लाल पुर्जा पाएपछि उनहिरुले सरकरबाट प्राप्त हुने हरेक सेवा सुविधा सहज रुपमा पाउने नापी अधिकृत झाले बताए । उनीहरुको लालपुर्जा वित्तरण नगरपलिका प्रमुख यादवको उल्लेखनिय सहयोग भएको उनले बताए । हालसम्म जिल्लाका विभिन्न स्थानमा गरि ५ हजार १ सय जनालाई लालपूर्जा वितरण गरिएको अधिकृत झाले जानकारी दिए ।
वर्षौ देखि सुकुम्बासी जिवन यापन गर्दै आएकाहरुले जग्गाधनीपूर्जा पाए पछि अव बल्ला जग्गाको मालिक भएकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरु अब सरकारीस्तरको हरेक सेवा सुविधा प्राप्त गर्न सक्ने भएको नापी अधिकृत झाले बताए ।

सम्बन्धित खबर