LIVE
मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? |

जनकपुरधाम । पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका एक अर्का उम्मेदवारी विजयी भएका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धन दलका उम्मेदवार चौधरी विपक्षी गठबन्धनका दल नेकपा एमालेका जयप्रकाश थारुलाई ११ हजार ५ सय ८५ मत ल्याई विजयी भएका हुन् । थारु ९ हजार ५ सय ५१ मत ल्याउन सकेका थिए । चौधरी क्षेत्र यस अघि २०७४ सालमा पनि सो क्षेत्रमा प्रदेश सभामा निर्वाचित भएका थिए ।
त्यसैगरि, पर्सा क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसकै उम्मेदवार श्याम पटेल विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मतले पराजित गर्दै पटेल निर्वाचित भएका हुन् ।
पटेलले १३ हजार ७ सय ८४ मत ल्याएका थिए भने यादवले १२ हजार १ सय २७ ल्यान सकेका थिए ।

सम्बन्धित खबर