LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य घटेर बन्द भएको छ । २.६२ अंकले घटेको बजार १८९७.०८ बिन्दुमा रोकिएको छ । दिनभर उतारचढाव भोगेको बजार अन्तिम समयमा भने घटेको थियो । बुधबार २४६ वटा धितोपत्रको १६ हजार ६७७ वटा कारोबारबाट २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।यसदिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसूचक हरियो रहे ।

अन्य उपसूचक भने राताम्य रहे । बुधबार सीवाईसी नेपाल लुघवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको समेत मूल्य धेरैले बढेको छ ।बुधबार पिपुल्स हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसबाहेक किसान लघुवित्त, अजोड इन्स्योरेन्स, समिट लघुवित्तसहितका कम्पनीको मूल्य बढी घटेको छ । बुधबार नेपाल टेलिकम, कृषि विकास बैंक, नबिल बैंकसहितका कम्पनीको सेयर धेरै कारोबार भएको छ ।

सम्बन्धित खबर