LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य घटेर बन्द भएको छ । २.६२ अंकले घटेको बजार १८९७.०८ बिन्दुमा रोकिएको छ । दिनभर उतारचढाव भोगेको बजार अन्तिम समयमा भने घटेको थियो । बुधबार २४६ वटा धितोपत्रको १६ हजार ६७७ वटा कारोबारबाट २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।यसदिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसूचक हरियो रहे ।

अन्य उपसूचक भने राताम्य रहे । बुधबार सीवाईसी नेपाल लुघवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको समेत मूल्य धेरैले बढेको छ ।बुधबार पिपुल्स हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसबाहेक किसान लघुवित्त, अजोड इन्स्योरेन्स, समिट लघुवित्तसहितका कम्पनीको मूल्य बढी घटेको छ । बुधबार नेपाल टेलिकम, कृषि विकास बैंक, नबिल बैंकसहितका कम्पनीको सेयर धेरै कारोबार भएको छ ।

सम्बन्धित खबर