
काठमाडौं । पाकिस्तानको आर्थिक स्थिति झन्झन् बिग्रँदै गएको छ । चर्को ब्याजदरमा लिएको वैदेशिक ऋण अनुत्पादक वा कम उत्पादनमूलक क्षेत्रमा खर्च गरेपछि पाकिस्तानको आर्थिक अवस्था थाम्नै नसकिने गरी बिग्रेको देखिन्छ ।गतवर्षको विनाशकारी बाढीले पनि पाकिस्तानमा व्यापक क्षति पुर्याएको थियो । विश्व बैंक, एशियाली विकास बैंक एडीबी जस्ता अन्तरराष्ट्रिय वित्तीय संस्थाको अनुमानअनुसार बाढीबाट पाकिस्तानले ३० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति बेहोर्नुपरेको छ ।सन् २०२२ को सेप्टेम्बरसम्म पाकिस्तानको कुल वैदेशिक ऋण ५५६ दशमलव ५२ अर्ब डलर पुगेको छ ।
यो पाकिस्तानको अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०को अनुपातमा १७० प्रतिशत हो । पाकिस्तानी अर्थतन्त्रको आकार ३२७ दशमलव ३८ अर्ब अमेरिकी डलर बराबर छ ।पाकिस्तानी मुद्रा १ वर्षको अन्तरालमा २९ दशमलव ८ प्रतिशतले अवमूल्यन भएको छ । सन् २०२२ जनवरीमा १७६ दशमलव ३० पाकिस्तानी रुपी रहेको डलरको भाउ बढेर सन् २०२३ जनवरीमा २२७ दशमलव ५७ पाकिस्तानी रुपी पुगेको छ ।पाकिस्तानको विदेशी मुद्रा आर्जन गर्ने स्रोत रेमिट्यान्स ९विप्रेषण०, उत्पादनमूलक उद्योग र पर्यटन हो ।
पर्यटनको स्थिति कोरोनापछि उकासिन सकेको छैन । बाँकी दुई क्षेत्रको अवस्था पनि निराशाजनक छ ।आर्थिक वर्ष आव २०२१,२२ को जुलाईदेखि नोभेम्बरसम्ममा पाकिस्तानले १ अर्ब ३२ करोड डलर विप्रेषण प्राप्त गरेकोमा आव २०२२,२३ को सोही अवधिमा १ अर्ब २० करोड डलरमात्रै प्राप्त गरेको छ । यसपालिको विप्रेषण पोहोरको तुलनामा ९ दशमलव ६२ प्रतिशतले कम हो ।पाकिस्तानले आव २०२१,२२ को जुलाईदेखि नोभेम्बरसम्म १ अर्ब २३ करोड डलर बराबरको सामान निकासी गरेकोमा सन् २०२२र२३ को उक्त अवधिमा निकासीबाट आर्जित रकम १ अर्ब २० करोड डलरमा सीमित छ ।
पाकिस्तानको निर्यातमा ठूलो योगदान दिने टेक्सटाइल क्षेत्रमा ठूलो संख्यामा कर्मचारीरकामदार कटौती हुने सम्बद्ध संगठनहरूले बताएका छन् । गत सोमवार कराचीमा आयोजित पत्रकार सम्मेलनमा टेक्सटाइल संगठनका प्रतिनिधिहरूले झन्डै ७० लाख जनाले जागीर गुमाउने दाबी गरे । यसो भएमा पाकिस्तानी अर्थतन्त्रमा संकट अझै गहिरिनेछ । निर्यात ओरालो लाग्नेछ ।डिसेम्बर २०२२ मा पाकिस्तानको उपभोक्ता मूल्य सूचकांक ९सीपीआई० अर्थात् महँगी वृद्धिदर २४ दशमलव ५ प्रतिशत छ । अघिल्लो वर्ष डिसेम्बरमा यो १२ दशमलव ३ प्रतिशत थियो । खाद्य पदार्थको महँगी ९मुद्रास्फीति० शहरी क्षेत्रमा ३२ दशमलव ७० र ग्रामीण क्षेत्रमा ३७ दशमलव ९० प्रतिशत छ ।
आयातमा पाकिस्तानले मासिक लगभग ५ अर्ब डलर खर्च गर्छ तर पाकिस्तानको केन्द्रीय बैंकसँग अहिले ४ दशमलव ५ अर्ब अमेरिकी डलरमात्रै विदेशी मुद्रा सञ्चिति छ । यो सञ्चितिले १ महीनाभन्दा कम समयको आयात मात्रै धान्न सक्छ । पाकिस्तानका वाणिज्य बैंकहरूमा पनि ५ अर्ब अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति छ ।सञ्चिति रित्तिँदै गएपछि पाकिस्तानले विदेशी मुद्रा जुटाउन प्रयास गरिरहेको छ । अन्तरराष्ट्रिय मुद्राकोष आईएमएफ सँग विदेशी मुद्राका लागि लामो समयदेखि कुरा गरिरहे पनि सफलता हात लागेको छैन ।
पाकिस्तानले जलवायु परिवर्तनबाट भएको क्षतिको परिपूर्तिका लागि भन्दै आयोजना गरेको जेनेभा सम्मेलनमा भने १० अर्ब अमेरिकी डलर सहयोगको प्रतिबद्धता जुटेको छ । पाकिस्तानको सदाबहार सहयोगी साउदी अरबले पनि १० अर्ब डलर जति सहयोग गर्ने आश्वासन दिएको छ ।पाकिस्तान पनि श्रीलंका जस्तै टाट पल्टिन सक्ने खबर आइरहेका बेला जेनेभा र साउदीबाट आएको सकारात्मक खबरले पाकिस्तानी अर्थतन्त्रमा केही आश जगाएको देखिन्छ ।भूराजनीतिका समेत जानकार अर्थराजनीतिक विश्लेषक हरि रोका पाकिस्तान टाट नै पल्टने अवस्था नआउन सक्ने बताउँछन् ।
‘पाकिस्तान आणविक शक्तिसम्पन्न मुलुक हो । श्रीलंका जस्तै पाकिस्तान टाट पल्टियो भने त्यसका निकै दूरगामी असर देखिनेछ । सुरक्षाको कुरा मूल रूपमा जोडिएको छ,’ उनले आर्थिक अभियानसँग भने ।विश्लेषक रोकाका अनुसार आईएमएफले प्रतिबद्धता गरेको रकमको पहिलो किस्ता दिएर पछिका किस्ता दिनमा ढिलाइ गर्नुका पछाडि भूराजनीतिक प्रभावको हात हुन सक्छ । पाकिस्तानमा अमेरिका र चीनको स्वार्थ टकरावका कारण पनि असहजता भइरहेको हुन सक्ने उनको भनाइ छ ।नेपालको बैंकिङ क्षेत्रका अनुभवी पर्शुराम कुँवर क्षेत्रीले पाकिस्तान टाट पल्टिन सक्ने अवस्थामा पुगेको उल्लेख गर्दै तत्काल कार्यपद्धतिमा सुधार आवश्यक रहेको बताए ।
‘पाकिस्तानले आर्थिक सुशासन र मितव्ययिता कायम गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक छ,’ उनले भने ।विज्ञहरू पाकिस्तानबाट नेपालले पनि थुप्रै कुरा सिक्न सक्ने बताउँछन् । खासगरी अर्थतन्त्रलाई बलियो बनाउन उत्पादनलाई जोड दिने, वैदेशिक लगानी उत्पादन क्षेत्रमा लगाउने, हचुवाको भरमा योजना छनोट नगर्ने, दातृ निकायबाट लिने ऋणको सही प्रयोग तथा जथाभावी कर्जा लिन नहुने विज्ञहरूको धारणा छ । कतिपय विज्ञ सबल अर्थतन्त्रका लागि भूराजनीतिक सन्तुलनको पनि उत्तिकै भूमिका हुने ठान्छन् ।
केही समयअघि दक्षिण एशियाली अर्को मुलुक श्रीलंका पनि आर्थिक संकटमा फसेको थियो, जसमा अझै सुधार हुन सकेको छैन ।श्रीलंका र पाकिस्तानको तुलनामा नेपालको अर्थतन्त्रका धेरैजसो सूचक राम्रा भए पनि समयमै सतर्कता अपनाउनुपर्ने विज्ञहरूको भनाइ छ । नेपालमा विप्रेषण आप्रवाह, विदेशी ऋणको आकार, विदेशी विनियम सञ्चितिजस्ता सूचक पाकिस्तान र श्रीलंकाभन्दा निकै राम्रो अवस्थामा छन् ।
यूएईले ३ अर्ब डलर ऋण दिने घोषणा
यसैबीच संयुक्त अरब इमिरेट्स यूएईले चरम नगद अभाव भोगिरहेको पाकिस्तानलाई १ अर्ब डलर बराबरको नयाँ कर्जा दिने घोषणा गरेको छ । यसको साथै २ अर्ब डलरको चालु कर्जालाई पनि निरन्तरता दिने उसले जनाएको छ । बिहीबार पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले यूएईका राष्ट्रपति शेख मोहमद बलि जयद अल नाह्यानसँग वार्ता गरेपछि यस्तो घोषणा भएको हो । गएको अप्रिलमा कार्यभार समालेयता शरिफको यो तेस्रो यूएई भ्रमण हो ।दुई नेताहरुले दुई देशबीच लगानी सहकार्य बढाउने, साझेदारीलाई प्रेरित गर्ने र लगानी एकीकरणको अवसर गहिरो बनाउने सहमति गरेका छन् । पाकिस्तान अहिले बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष ९आईएमएफ०सँग अर्को चरणको किस्ताका लागि वार्तारत छ । यस्तोमा कोषको शर्त पूरा गर्न अहिले पाकिस्तानले साउदी अरब, चीनलगायत मित्र राष्ट्रहरुसँग पनि वित्तीय सहायता खोजिरहेको छ । अहिले पाकिस्तानको केन्द्रीय बैंकमा ४ अर्ब ५० करोड डलर बराबरको मात्रै विदेशी मुद्रा सञ्चिति छ । यसले एक महीनाको आयात पनि धान्दैन । चरम आर्थिक संकटका कारण सरकार मल र रेष्टुराँहरु चाडै बन्द गर्ने जस्ता निर्णय लिन बाध्य भएको छ । यूएईको कर्जाले आयात व्यवस्थित गर्न सघाउने छ ।