LIVE
सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो |

काठमाडौं । ‘हिरो हिरोइन राखेर फिल्म हिट हुने होइन । फिल्म राम्रो बनाए मात्र दर्शक हेर्न जानुहुन्छ ।’अभिनेत्री साम्राज्ञी शाहले आइतबार आयोजित फिल्म ‘ह्यारीकी प्यारी’को पत्रकार सम्मेलनमा बताएका अभिव्यक्ति हुन् यी । उनले घुमाउरो ढंगले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार रहेको बताउन खोजेकी हुन् । लाखौं पारिश्रमिक लिएर पनि फिल्म हिट गराउन नसकेको भन्ने आलोचनाको पृष्ठभूमिमा उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।महंगी अभिनेत्री समेत रहेकी साम्राज्ञीले फिल्म नचल्नुमा कलाकारको भूमिका नभएको प्रष्टीकरण दिइन् ।

‘ह्यारीकी प्यारी’मा जितु नेपाल र साम्राज्ञीको जोडीलाई लिएर सामाजिक सञ्जालमा चलेको चर्चाबारे उनको यस्तो टिप्पणी आएको हो । कलाकारलाई हेर्न भन्दा फिल्म राम्रो भए मात्र दर्शक हलमा पुग्ने उनको भनाइ छ ।आफूले पहिलोपटक कमेडी फिल्म गरेको र मनपर्ने जनरा समेत कमेडी भएको साम्राज्ञीले बताइन् । पहिलोपटक गाउँले परिवेश र कथावस्तुमा बनेको फिल्ममा समेत साम्राज्ञीको यो पहिलो फिल्म हुनेछ । ‘म बच्चैदेखि रोमकम र कमेडी हेरेर हुर्किएकी हुँ । मेरो मनपर्ने जनरा पनि कमेडी हो,’ उनले भनिन्, ‘अबको मेरो फिल्मको प्राथमिकता र छनोट पनि कमेडी र यस्तै कथावस्तु हुनेछ ।’

फिल्म छायांकनको बेलाको अनुभव बाँड्दै उनले ह्यारीकी प्यारीमा काम गर्दा चुनौतीपूर्ण भएको समेत बताइन् । ‘जब म उहाँहरु अन्य कलाकारलाई भेट्छु नि बडी ल्यांग्वेज र बानी बिस्तारै चेन्ज हुन्छ । गाउँमा सुट हुँदा कठिन भएको थियो । गाउँका कतिपय शब्द बोल्न आउने थिएन । यो फिल्म कुनै एउटा उमेरलाई लक्षित गरेका छैनौं । जनतालाई नै टार्गेट गरेका छौं । नेपालीपन त भइहाल्यो । स्टोरीमा कति कुरा मन छुने छन् ।’उनले अब आफू संख्याभन्दा गुणमा आधारित फिल्ममा काम गर्ने बताइन् । ‘अब क्वान्टिटीभन्दा क्वालिटी फिल्ममा काम गर्छु र त्यस्तै फिल्म मेरो रोजाइमा पर्छन् । फिल्मको प्रस्ताव धेरै आए पनि छनोट गरेर मात्र निधो गर्छु,’ साम्राज्ञीले भनिन् ।डा.कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ ।

सम्बन्धित खबर