LIVE
सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो |

सप्तरी,  ।सशस्त्र प्रहरीका असईको कार्यालयभित्रै हत्या गरेको अभियोगमा प्रहरी जवानलाई जन्मकैदको सजाय तोकिएको छ।सोमबार जिल्ला अदालत सप्तरीका न्यायाधीश नविनकुमार जोशीको इजलाशले सशस्त्र प्रहरी जवान ३९ वर्षीय होमबहादुर खत्रीलाई जन्मकैद सजाय तोकेका छन् ।सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई ४५ वर्षीय सत्यनारायण यादवको उनले हत्या गरेका थिए ।जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले कात्तिक २२ गते खत्रीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको थियो।

सोमबार अदालतले अभियुक्त खत्रीलाई जन्मकैदका साथै तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गराउने फैसला गरेको हो ।बयानका क्रममा अभियुक्त खत्रीले २०७९ असोज १९ गते राति असई यादवको हत्या गरेको स्वीकारेका थिए । खत्रीले वियर खाएर यादवले आफूमाथि लाठीले हिर्काएको बताएका थिए । रिस थाम्न नसकी हुत्याउँदा यादवको टाउकोमा चोट लागेको र दोहोर्‍याएर धकेल्दा टाउको पछाडि ठोक्किएर घ्यार घ्यार गर्न थालेपछि घाँटी थिचेर हत्या गरेको खत्रीले बयानमा भनेका थिए।

सम्बन्धित खबर