LIVE
मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो | प्रदेश सभामुख यादवको योगदानलाई कदर गर्दै ‘महामूर्ख’ उपाधि | जनमतका पुर्व विदेश विभाग प्रमुख काँग्रेसमा प्रवेश | निर्वाचनका लागि तीन दिन धनुषामा सिमानाका र रेल बन्द | शान्तिपूर्ण मतदानका लागि महोत्तरीमा सर्वदलीय सहमति, होली मनाउन पनि मर्यादा | उम्मेदवार नै अर्कै पार्टीमा प्रवेश गरेपछि आफ्ना एजेण्डमा लिखित प्रतिवद्धता जनाउने उम्मेदवार वा पार्टीलाई समर्थन गर्ने रामुपाको घोषणा |

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले आफूले क्यानडाको नागरिकता त्यागेको बताएका छन् । भारतीय नागरिकता पुनः प्राप्तिका लागि आवेदन दिइसकेको समेत उनले खुलासा गरेका छन् ।फिल्म ‘सेल्फी’को प्रमोसनका क्रममा दिएको एक अन्तर्वार्तामा अक्षयले आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए । आफ्नो लागि भारत नै सबथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको बताएका छन् । साथै, क्यानडेली नागरिकताबारे यथार्थ नबुझिकन मानिसले जेसुकै भन्दा आफूलाई चित्त दुख्ने पनि उनले बताए ।

अक्षयले भने, ‘मैले जे कमाएको छु, जे पाएको छु, यहींबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु । मलाई नराम्रो लाग्छ जब मान्छेहरु केही नबुझेर बोल्छन् ।’सन् १९९० को दशकमा अक्षयका १५ भन्दा बढी फिल्म फ्लप भएका थिए । यसबारे कुरा गर्दै उनले फिल्मले बक्स अफिसमा गरेको कमजोर प्रदर्शनले क्यानडाको नागरिकताका लागि आवेदन दिन प्रेरित गरेको बताए । साथीको सल्लाहमा उनी क्यानडा जान चाहन्थे । उनले भने, ‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ । म कामको लागि त्यहाँ गएको थिएँ । मेरो साथी क्यानडामा थियो र उसले यता आऊ भन्यो । मैले आवेदन दिए र छाडें ।’

अक्षय भन्छन्, ‘मेरो दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए र दुवै सुपरहिट हुनु भाग्यको कुरा हो । मेरो साथीले भन्यो फर्केर जाऊ, काम सुरु गर । मैले केही फिल्म पाएँ र थप काम पाइरहेको छु । मसँग राहदानी छ भनेर मैले बिर्सें । मैले यो राहदानी बदल्नुपर्छ भनेर कहिल्यै सोचेको थिइनँ । तर अब हो, मैले मेरो राहदानी बदल्न आवेदन दिएको छु ।’अक्षय आफ्नो क्यानेडियन नागरिकताका कारण सधैं विरोधको निशानामा रहन्छन् । उनको क्यानेडियन नागरिकता बहसको विषय भएको छ ।

अक्षयले तीन वर्षअघि आफ्ना फ्यानलाई भारतीय राहदानीका लागि छिट्टै आवेदन दिने वाचा गरेका थिए ।अक्षय शुक्रबारदेखि रिलिज भएको फिल्म सेल्फीमा देखिंदैछन् । यसमा उनको साथमा इमरान हासमी र नुसरत भरुचा पनि छन् । यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो । यसपछि अक्षय कुमार टाइगर श्राफको अपोजिट ठूलो ‘मियाँ छोटे मियाँ’ मा देखिनेछन् । यसबाहेक उनीसँग ‘ओ माइ गड २’, ‘फिर हेराफेरी २’ जस्ता फिल्म पनि छन् ।

सम्बन्धित खबर