LIVE
मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? |

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पश्चात मुलुकको राजनीतिक कोर्स परिवर्तन हुने दावि गरेका छ् ।
धनुषाका नेकपा एमाले क्षीरेश्वरनाथ नगर कमिटीले आईतवार आयोजना गरेको होलीको शुभकामना आदान प्रदान कार्यक्रममा सचिव महासेठले चैत ३ पछि मुलुकको राजनीतिक कोर्स फेरिने बताए । राष्ट्रपतिको निर्वाचन फाल्गुन २५ र उपराष्ट्रपति चैत ३ गते सम्पन्न भएपछि मुलुकको वर्तमान सत्ता समिकरण फेरिने उनले संकेत गरे ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छेपारो जस्तो रंग परिवर्तन गरि आफुहरुलाई धोका दिएको आरोप लगाए । गत पुस १० गते नेपाली काँग्रेसका सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष ओलि जिलाई फोन गरेर तपाईको नेतृत्वको सरकारलाई पाँच वर्षको लागि समर्थन दिन्छौ, सरकार बनाउनुस् भन्नुभयो । तर अध्यक्ष ओलिले प्रचण्डसँग गरेको वाचाको कारण देउवा जिको प्रस्ताव स्वीकार गर्नुभएन, नेता महासेठले भने,‘ प्रचण्ड जि छेपारो जस्तै रंग परिवर्तन गरि पुरानै गठबन्धनसँग हातोमालो गर्न पुगे ।’
काँग्रेस र एमाले बीच दुरी बढाएर प्रधानमन्त्री प्रचण्डले आफु शासन गर्न खोजेको छ, सचिव महासेठले भने,‘ अव काँग्रेस र एमालेले पनि यो कुरा बुझिसकेको छ । यो खेल बढी दिन सम्म टिकदैनन् ।’ प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएर मनोपोलि गरेको उनले आरोप समेत लगाए ।

सम्बन्धित खबर