LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । मधेश प्रदेश सरकार ६ औ पटक विस्तार पश्चात पुर्णता पाएको छ ।
६ दलिय गठबन्धन अर्थात नेपाली काँग्रेस, जसपा, माओवादी केन्द्र, जनमत, लोसपा र नेकपा एसको समिलित मधेश प्रदेश सरकार विस्तार लामो रसाक्सी पश्चात पुर्णता पाउन सफल भएको हो ।
मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुई मन्त्रीलाई सोमवार नियुक्त गरेका छन् । सप्तरीबाट दुई पटक निर्वाचित काँग्रेसका सांसद मो.समिम गृह सञ्चार तथा कानुन र जनमतका पार्टीको समानुपातिक कोटामा सासद भएका चन्दन सिंह श्रम तथा यातायात मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । नव नियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख मिश्रले पद तथा गोपनियताका शपथ सोमवार नै गराएका हुन् ।
त्यसैगरि, बिना बिभाग्यि राज्यमन्त्री शेष अबुल कलाम अदाजलाई उर्जा सिचाई तथा खानेपानि राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । उनी यस अघि तत्कालिन समाजिक विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । मन्त्रीपरिषद पुर्णता पाएको भनिएपनि एक जना मन्त्रीलाई अझै जिम्मेवारी तोक्न सकिएको छैन । तत्कालिन समाजिक विकास मन्त्री सुरिता साहलाई अझै बिना बिभागिय मन्त्रीको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको छ ।
सोमवार नै बिना विभाग्यि मन्त्री जनमतका बसन्त कुश्वाहा र राज्यमन्त्री संजय यादवले राजिना दिएका थिए । मन्त्री कुश्वाहा र राज्यमन्त्री यादवलाई सुरुमा भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर प्रदेशमा सत्ता समिकरण फेरिएपछि उनीहरुलाई बिना विभाग्यि मन्त्री बनाईएको थियो ।

सम्बन्धित खबर