LIVE
सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो |

धनुषामा पछिल्लो समय विद्युत ट्रान्सफर्मर चोरीको घटना बढेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै दुईवटा ट्रान्सफर्मर चोरी भएको छ । गएराति धनुषाको बटेश्वर गाउँपालिकाको वडा नं. ५ शान्तिपुर स्थित खेतमा सिंचाईको लागि जडान भएको ५० केभीको ट्रान्सफर्मर चोरी भएको हो ।
विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख रोशन सिंहका अनुसार एघार हजार भोल्टको तारमा सर्ट गराई लाइन काटेर अज्ञात व्यक्तिले ट्रन्सफर्मर चोरी गरेका हुन् ।
सोमबार मिथिला नगरपालिका–२ स्थित नक्टाझिजको हजराचोकबाट २५ केभीको ट्रान्सफर्मर चोरी भएको थियो । जनता माध्यमिक विद्यालयमा जडान भएको टान्सफर्मर पनि एघार हजार भोल्टमा सर्ट गरी लाइन काटेर चोरी भएको वितरण केन्द्र प्रमुख सिंहले बताए । उनका अनुसार जनकपुर–ढल्केवर सडक खण्डको छेउमै रहेको टान्सफर्मर चोरले तल झारेर क्वाइल चोरी गरेका थिए ।
गत भदौ ७ गते राति पनि मिथिला नगरपालिका–५ स्थित विश्रामपुरमा जडान गरिएको खानेपानीको २५ केभीको टान्सफर्मर चोरी भएको थियो । त्यसअघि पनि धनुषाबाट ट्रान्सफर चोरीका घटनाहरु भएपनि प्रहरीले चोर पक्राउ गर्न चासो नदिएको स्थानीयको गुनासो छ ।
‘टान्सफर्मरको क्वाइल महँगो हुन्छ । उनीहरुले एउटै तरिकाबाट सबैतीर चोरी गरेर लगेको देखिन्छ । एघार हजार भोल्टको तारमा सर्ट गरेर लाइन काट्छ र टान्सफर्मर झारेर तामाको क्वाइल चोर्छ तर प्रहरीले अनुसन्धान नै गर्दैन्,’ उनले भने । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले ट्रान्सफर्मर चोरी गर्ने चोर टेक्निकल कुरा बुझेकाले सहजै चोरी गरिरहेको बताए । उनका अनुसार चोरको खोजीकार्य जारी छ । ‘हामीले अनुसन्धान नगरेको होइन् । एकजनालाई पक्रेर मुद्दा पनि चलाएका छौँ । अरु चोर खोजी गर्न प्रहरी लागेको छ,’ उनले भने

सम्बन्धित खबर