LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

जनकपुरधाम । १५ दिने धार्मिक यात्रा मध्य परिक्रमा भोलि सोमवार जनकपुरधामको अन्तरगृह परिक्रमा पश्चात सम्पन्न हुदै छ ।
भारतको बिसौलबाट परिक्रमावासी आज विहानैदेखि जनकपुरधाम आउने क्रम जारी रहेको छ । उनीहरु आज साँझ सम्म जनकपुरधाम पुग्ने कार्यक्रम रहेको छ । जनकपुधाम पुगेपछि सोमवार विहानदेखि परिक्रमावासी अन्तरगृह परिक्रमा गरिने छ ।
फागुन औषि अर्थात २७ फागुनदेखि धनुषा मिथिला विहारी नगरपालिकको ठेरा कचुरी स्थित मिथिला विहारी मठबाट रामजानकीको डोला र जनकपुरधामको अग्निकुण्ड लगायतका मठबाट ल्याएका जानकी जीका डोलाहरुलाई समावेश गरि परिक्रमाको यात्रा सुरु गरिएको थियो । अन्तरगृह परिक्रमा सम्पन्न भएपछि त्यसको भोलि पल्ट जनकपुरधामसहित यस क्षेत्रमा होलि पर्व मनाईने चलन छ ।


नेपाल र भारतका धार्मिक ऐतिहासिक ठाँउहरु समेटने यस परिक्रमा अन्तर्गत नेपाल तर्फ ९० किलो मिटर र छिमेकी मुलुक भारत तर्फ ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको पैदल यात्रा गरि पक्रिमावासी जनकपुरधाम पुगेका हुन ।
मिथिला माहात्ममा वर्णन गरिएको मध्य परिक्रमको शुरुवात १८ औ शताब्दी भन्दा केहि अगाडी भएको वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलले बताए । परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृह परिक्रम गरि मध्य परिक्रमा गरिन्छ ।
किन गरिन्छ परिक्रमा ?
मिथिलाञ्चल क्षेत्रमा पर्ने भुमि संसारका सर्व श्रेष्ठ भुस्थल रहेको हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको छ । प्राचिन मिथिलाका सीरध्वज राजा जनकले आफ्ना राज्यमा खडेरी परेको वेलामा हलो चलाउदाँ आदि शक्तिको रुपमा सीता प्रकट भएकी थिईन ।
त्यसैगरि, करिव ५ हजार वर्ष पुर्व धर्म साँस्कृति तथा दैनिक जीवन यापनको विषयमा संसार अनभिज्ञ रहेको समयमा प्राचिन मिथिलाको राजधानी जनकपुरधाम ठूलठूला ऋषि–महर्षिहरू तथा विद्वानहरू विभिन्न विषयमा शास्त्रार्थ गर्दथे । याज्ञवल्क्य, अष्टबक्र, शुकदेव जस्ता दाशर्निक विद्ववानहरू सृर्जना र ऋषि–महर्षिहरू साधना लिप्त रहन्थे ।
संसारका ६ वटा पुर्वीय दर्शन मध्ये ४ वटा न्याय, बैशाखीक, शंख र निमागशा यसै क्षेत्रमा लेखिएको साहित्यार डा.बिमलको भनाई छ । त्यसैगरि,त्रेता युगमा भागवान विष्णुजी आफ्नो साकेत धामबाट यस लोक अवधमा रामचन्द्रको रुपमा अवतरित हुदाँ महालक्ष्मी पनि सम्पुर्ण बैकुण्ड धामलाई संगै लिएर मिथिलाको यस पवित्र भु–भागमा प्रकट भएकी धार्मिक जनविशवास छ ।
यि विभिन्न विशेषताले भरिपुर्ण निरपुर्ण यो भुमि हिन्दुमा अस्था राख्नेको लागि पुजन्यि र दैवस्थल रहेकोले यो क्षेत्रको परिक्रमा गर्दा मोक्ष प्राप्त,मृत्यु पश्चात वैकुण्डमा वास हुने तथा चिताएको कुरा प्राप्त हुने जनअस्था रहेको साहित्यकार डा.बिमलले बताए ।

 

सम्बन्धित खबर