LIVE
मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो | प्रदेश सभामुख यादवको योगदानलाई कदर गर्दै ‘महामूर्ख’ उपाधि | जनमतका पुर्व विदेश विभाग प्रमुख काँग्रेसमा प्रवेश | निर्वाचनका लागि तीन दिन धनुषामा सिमानाका र रेल बन्द | शान्तिपूर्ण मतदानका लागि महोत्तरीमा सर्वदलीय सहमति, होली मनाउन पनि मर्यादा | उम्मेदवार नै अर्कै पार्टीमा प्रवेश गरेपछि आफ्ना एजेण्डमा लिखित प्रतिवद्धता जनाउने उम्मेदवार वा पार्टीलाई समर्थन गर्ने रामुपाको घोषणा |

जनकपुरधाम । मधेश प्रदेशमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरप्रति व्यापक गुनासो उठिरहेका बेला प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विद्यालय अनुगमन सुरु गरेका छन्।
मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालयको निरीक्षण गर्दै उनले शिक्षा क्षेत्रमा देखिएको बेथिति तथा विसङ्गतिहरु सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री सिँहले हँसपुर नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडा मा अनुगमनका क्रममा कतिपय विद्यार्थी निजी विद्यालयमा अध्ययनरत रहे पनि तिनको नाम सरकारी विद्यालयमा कायम गरी छात्रवृत्ति र खाजा सुविधा लिइएको तथ्य उजागर गरेका छन् ।
सरकारले विद्यार्थी संख्याका आधारमा सुविधा उपलब्ध गराउने हुँदा कागजमा नाम मात्रको नामाङ्कन गराई वास्तविक विद्यार्थीभन्दा संख्या बढी देखाउने प्रवृत्तिले प्रदेशका धेरै सामुदायिक विद्यालयहरुमा समस्या सिर्जना गरेको उनले बताए ।

मुख्यमन्त्री सिँहले शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पालिकाका पदाधिकारी तथा अभिभावकहरूसँग समस्या समाधानका उपायबारे छलफल पनि गरेका थिए ।  छलफलको क्रममा मुख्यमन्त्री सिंहले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैले आफ्नो भूमिका इमान्दार रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सिंहले शिक्षा क्षेत्रको सुधारका लागि अनुगमन प्रक्रिया तीव्र बनाइएको जानकारी गराउँदै सुधार नभए अनुदान कटौती गर्नुपर्ने बाध्यता आउन सक्ने चेतावनी पनि दिए ।

मुख्यमन्त्री सिँहले नक्कली नामाङ्कनमार्फत सरकारी स्रोतको दुरुपयोग गम्भीर विषय भएको भन्दै अनुगमनमा सहभागी प्रदेश शिक्षा निर्देशक महेन्द्र महतो लाई यस विषयमा सम्बन्धित निकायमा पत्राचार गर्न निर्देशन दिएका छन् ।

 

सम्बन्धित खबर