LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

जनकपुरधाम । जनकपुरधामका आयोजित सामाचकेवा महोत्सव २०८२ सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मैथिली विकास कोषले स्थानीय जानकी मन्दिर परिसरमा आयोजना गरेको सामाचकेवा महोत्सव २०८२ सम्पन्न भएको हो ।
महोत्सव अन्तर्गत आयोजित सामा चकेवा मूर्ति कला प्रतियोगितामा विभिन्न १४ टिमले सहभागिता जनाएको थियो । महोत्सवमा सहभागी विभिन्न टोलीले सामा गीतको प्रस्तुति समेत दिएका थिए ।

सो प्रतियोगितामा सखी बहिनपा समूह प्रथम, कल्चरल भिलेज मिथिलेश्वर द्वितिय र ब्रह्मर्षी समाज मिथिलानी समूह तृतिय भएको थियो । प्रथम पुरस्कार विजेता टोलीलाई ११ हजार, द्वितिय हुने टोलीलाई ७ हजार र तृतिय हुने टोलीलाई ५ हजार राशीको पुरस्कार प्रदान गरिएको थियो । बाँकी टोलीलाई सान्त्वना स्वरुप १÷१ हजार राशीको पुरस्कार प्रदान गरिएको थियो ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवा मिथिला साँस्कृतिमा भाईबहिन बीचको प्रेमलाई प्रगाढ बनाउने साँस्कृतिक रहेकोले यसलाई संरक्षण र संवद्र्धन गर्ने उदेश्यले आफुहरुले महोत्सव आयोजना गरेको बताए ।

सम्बन्धित खबर