LIVE
फेस अफ एसवाई २०८२’को टाइटल को उपाधि मलैसा आचार्यलाई | गगनले नेतृत्व गरेको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय | शहीद विष्णु देव महतो ट्रस्टको स्थापना, पहिलो कार्यक्रम कम्बल वितरण | काँग्रेस भित्रको घटनालाई सरकारले गम्भिरतासाथ हेरिरहेको छ ः गृहमन्त्री अर्याल | मधेश प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त | सरकार अस्थिर हुँदा विकास निर्माणका योजना प्रभावित, विकास बजेट अढाई प्रतिशत मात्रै खर्च | ऐलानी जग्गा अतिक्रमणको आरोपमा झडप, १६ सेल अश्रुग्यास प्रहार | विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका जिल्ला सभापतिहरुको आग्रह | सरकारी मुल्यले किसान उत्साहित, तर कोटा सिमित हुदाँ सुविधानबाट वञ्चित अधिकांश किसान | आगो ताप्न पालिकाद्वारा चोक चोकमा दाउरा वितरण |

जनकपुरधाम । पछिल्लो करिब दुई सातादेखि बढेको शीतलहर र चिसोले जनजीवन प्रभावित भएपछि धनुषाको धनौजी गाउँपालिकाले चोक चोकमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरेको छ ।

चिसो बढ्दै जाँदा काम विशेषले हिंड्नै पर्ने बटुवा, गरिब विपन्नहरुलाई लक्षित गरी पालिकाको पाँच वटै वडा क्षेत्रमा अध्यक्ष राजकुमार साह र प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासको अगुवाईमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरिएको हो । अध्यक्ष साहका अनुसार धनौजी गाउँपालिका अन्तर्गत १ देखि ५ नं. वडा क्षेत्रमा पर्ने लखौरी, धनौजी, गौरदाहा, कटैयाका तीनटोल, सीमावर्टी गाउँ भडरिया र बौहर्वाका मुख्य मुख्य चोक र गरिव विपन्न बस्तीमा आगो ताप्न दाउरा वितरण गरिएको हो ।

‘अत्यधिक चिसो बढेपछि हरेक वार्डमा ३०÷३० क्वीण्टल पर्नेगरी डेढ सय क्वीण्टल दाउरा वितरण गरिएको छ’ प्रमुख प्रशासकीय अधिकृत दासले भने ‘चिसो र शीतलहर कायम रहे आवश्यकता अनुसार पुनः अर्को चरणमा पनि दाउरा वितरण गरिने छ ।’ उनका अनुसार चिसोमा दाउरासहित आवश्यकताको आधारमा अन्य रातहको व्यवस्था समेत गरिने छ । प्रादेशिक राजधानी जनकपुरधाम नजिकै रहेको धनौजी गाउँपालिका अन्तर्गत पर्ने वडा क्षेत्रका गाउँ बस्तीमा चोक चोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरिएपछि राहत भएको स्थानीयले बताए ।

स्थानीय किसानहरुका लागि पालिकाले चार सय ८६ क्वीण्टल गहुँको बीउ खरिद गरी लात साझेदारी अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि शाखामार्फत स्थानीय किसानहरुलाई वितरण गरिएको उनले बताए । ‘यो पल्ट आवश्यकताको आधारमा किसानहरुले अनुदानको बीउ पाएका छन्’ उनले भने ‘समयमै अनुदानको बीउ पाएका किसानले आफ्नो खेतबारीमा छरिसकेकाले उत्पादन पनि राम्रो हुन सक्छ ।’

सम्बन्धित खबर