LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । नेपालमा इस्लामिक कला तथा वस्तुकलाको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी हुने भएको छ ।

मदर फाउण्डेशनको आयोजनामा अगामी नोभेम्बर १६देखि काठाण्डौमा हुने उक्त सम्मेलनमा इस्लामिक कला, वस्तुकला तथा इस्लामिक साँस्कृतिक प्रदर्शनी गरिने छ । नेपालमा पहिलो पटक हुने लागेको अन्तर्राष्ट्रिय इस्लामिक कला तथा वस्तुकलाको सम्मेलनलाई भव्य र सफल बनाउने विभिन्न जिल्लाबाट इस्लामिक कला तथा वस्तुकला प्रयोग भएको धार्मिक मस्जिद, मठ मन्दिर, गुम्बा, चर्च तथा ऐतिहासिक धरोहरहरुको तस्वीर संकलन गरि प्रदर्शनी गरिने छ ।

सम्मेलनले कला तथा साँस्कृतिकको माध्यमले धार्मिक सदभाव तथा समाजिक एकतामा टेवा पुग्ने मदर फाउण्डेशनका संरक्षक तथा पुर्व न्यायधिक डा.सलाहुदीन सिद्दिकीले बताए । हिन्दु,मुस्लिम,बौद्ध लगायतका विभिन्न धर्महरु अगल अगल भएपनि वस्तुकलाको माध्यमले एकअर्कासँग जोडिएको उनले बताए ।

उक्त सम्मेलनको लागि मधेशबाट इस्लामिक कला तथा वस्तुकला प्रयोग भएको निर्माण भएका विभिन्न मस्जिद, मठ मन्दिर तथा धरोहरहरुको तस्वीर संकलनदेखि प्रचार प्रसारका लागि तयारी ७ सदस्य तयारी समिति गठन गरिएको हो । संरक्षक डा.सिद्दिकीको प्रमुख आतिथ्यिमा आईतवार भएको भेलाबाट उक्त समिति गठन गरिएको छ ।

समितिको संयोजकमा पुर्व डिई शफी अहमद तथा सदस्यहरुमा मौलना मोस्तकिन साहव, मौलना मन्जुर साहव, राजनीतिर्की समसुल हक, हकिम राईन, मौलना अहमद रेजा, पत्रकार हदिश खुद्दार, इन्तेकाब आलम रहेका छन् ।

 

सम्बन्धित खबर