LIVE
श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ |

रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जित्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै आरसीबीले पुनः ट्रफीमाथि कब्जा जमाएको हो।

कप्तान रजत पतिदार को नेतृत्वमा मैदान उत्रिएको आरसीबीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो। टोलीका लागि वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए पनि अन्य ब्याटरले ठूलो साझेदारी गर्न सकेनन्। आरसीबीका रसिख सलाम फाइनलका नायक बने। उनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। यस्तै भुवनेश्वर कुमार र जोश हेजलवुडले समान २–२ विकेट हात पारे।

१५६ रनको लक्ष्य पछ्याएको आरसीबीले आत्मविश्वासपूर्ण सुरुवात गर्‍यो। कोहलीले जिम्मेवारी झल्काउने इनिङ्स खेल्दै अविजित ७५ रन बनाए। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए। भेन्कटेश अय्यरले १६ बलमा ३२ रनको आक्रामक योगदान दिए भने टिम डेभिडले २४ रन थपे। आरसीबीले १८ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

फाइनलमा ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेको आरसीबीले लगातार दोस्रो पटक आईपीएल उपाधि जित्ने दुर्लभ उपलब्धि हासिल गरेको छ। विराट कोहलीको शानदार इनिङ्स र रसिख सलामको घातक बलिङ आरसीबीको सफलताको मुख्य आधार बन्यो। उपाधि जितेसँगै आरसीबी समर्थकहरू उत्सवमा डुबेका छन् भने टोलीले आईपीएल इतिहासमा आफ्नो स्थान अझ मजबुत बनाएको छ।

सम्बन्धित खबर