LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । २५ चैत
महोत्तरीको औरही नगरपालिकाको सहयेगमा स्थानीय २७८ भुमिहिन घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ ।
शुक्रवार औरही नगरपालिका वडा ६ मा एक कार्यक्रमको आयोजना गरि स्थानिय २७८ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
नापी कार्यालय महोत्तरी जलेश्वरको २ नं. टोलीले साविकको खोपी गाविस वडा नं. २, ३, ४ र ५ को वासीलाई गाउ ब्लक लालपुर्जा वितरण गरिएको औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले बताए । जमिन भएरपनि भुमिहिन भएर बसेका स्थानीयलाई लाल पुर्जा गरिएपछि अव उनीहरु ति जग्गालाई बैक तथा वित्तिय संघसंस्थाबाट ऋण लगायतका सुविधा लिन सहज भएको मेयर यादवले बताए ।
गाँउ व्लक लालपूर्जा वितरण कार्यक्रम अन्र्तगत उनीहरुलाई लालपुर्जा वितरण गरिएको नापी अधिकृत राकेश कुमार झाले जानकारी दिए । जग्गाको लाल पुर्जा पाएपछि उनहिरुले सरकरबाट प्राप्त हुने हरेक सेवा सुविधा सहज रुपमा पाउने नापी अधिकृत झाले बताए । उनीहरुको लालपुर्जा वित्तरण नगरपलिका प्रमुख यादवको उल्लेखनिय सहयोग भएको उनले बताए । हालसम्म जिल्लाका विभिन्न स्थानमा गरि ५ हजार १ सय जनालाई लालपूर्जा वितरण गरिएको अधिकृत झाले जानकारी दिए ।
वर्षौ देखि सुकुम्बासी जिवन यापन गर्दै आएकाहरुले जग्गाधनीपूर्जा पाए पछि अव बल्ला जग्गाको मालिक भएकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरु अब सरकारीस्तरको हरेक सेवा सुविधा प्राप्त गर्न सक्ने भएको नापी अधिकृत झाले बताए ।

सम्बन्धित खबर