LIVE
मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन | मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता |

जनकपुरधाम । नेपाल भारतकाको सिमावर्ति क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाई गर्ने दुवै देशका सुरक्षा अधिकारीहरुले संयुक्त निर्णय गरेका छन् ।
शनिवार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरुको वैठकमा सिमावर्ति क्षेत्रमा हुने हत्या हिंसा, लागु औषध कारोवार, तस्करी तथा दशगजामा रहेका जिर्ण तथा भत्केका सीमा स्तम्भहरुको पुननिर्माण गर्ने विषयमा छलफल भएको छ । वैठकमा सहभागि धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार वर्षायाममा बाढीले दुवैका सिमा वरिपरिका गाउँहरुमा हुने क्षतिको विषयमा समेत वैठकमा छलफल भएको हो ।
वैठक कुनै खास उदेश्यले नभई नियमित रुपमा हुदै आएको दुई देशका सुरक्षा अधिकारीहरुको वैठक बसेको हो, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने सिमावर्ति क्षेत्रको शान्ति सुरक्षा, तस्करी, लागु औषध जस्ता विकृत दुवै देशको हित विपरित रहेकोले यि समस्यालाई थप नियन्त्रण कसरी गर्ने विषयमा पुनः छलफल भएको हो ।’
बैठकको नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिवल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए भने भारतीय पक्षको नेतृत्व मधुबन्नीका डी एम अरविन्द कुमार बर्माले गरेका थिए । बैठकमा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो । त्यसैगरि, भारतीय पक्षबाट मधुबन्नी जिल्लाका प्रहरी प्रमुख तथा अन्य सरकारी निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर