LIVE
मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन | मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता |

२९ साउन, काठमाडौं । नेपाल सरकारले भारतीय सेनाका सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ । नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्न उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय सरकारले गरेको छ ।

सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय भएको जानकारी दिएका हुन् । नेपालको वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले २४ कार्तिक २०७८ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिएका थिए ।

नेपाली सेनाका प्रधानसेनापति शर्माले २० देखि २३ भदौसम्म पाण्डेलाई नेपाल भ्रमणमा बोलाउने प्रस्ताव परराष्ट्र मन्त्रालय मार्फत गरे पनि मिति भने स्वीकृत भएको छैन । नेपाली सेना र भारतीय सेनाबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक आपसमा मानार्थ महारथी दिने प्रचलन रहेको छ ।

सम्बन्धित खबर