LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले हिंड्डुल र यातायातलाई पनि वातावरणमैत्री बनाउने भएका छन् । यही संकल्प अनुरुप उनले मंगलबार बिजुली गाडी खरिद गरे । ९० लाख रुपैयाँ मूल्य पर्ने बीवाईडी ब्राण्डको एट्टो–३ कार उनले खरिद गरेका हुन् ।
उक्त ब्राण्डले हरिवंशलाई व्यावसायिक दूत समेत बनाएको छ । यसअघि आठ वर्षसम्म स्कार्पियो गाडी चढ्दै आएका उनले बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन इलेक्ट्रिक गाडी रोजेको बताए ।अब इलेक्ट्रिक गाडी चढ्छु । मैले चढें भने अरुले पनि देख्नुहुन्छ, सिक्नुहुन्छ । पैसा बुझाएको पनि सात महिना भइसकेको थियो । गाडीको आयात बन्द हुँदा ढिलाइ भएको थियो ।

बल्ल आज गाडी चढ्ने मौका पाएँ,’ आचार्यले अनलाइनखबरसँग भने, ‘हामीले विदेशबाट अर्बौंको तेल ल्याउँछौं । धेरै इलेक्ट्रिक गाडी आउने हो भने ऊर्जाको पनि सदुपयोग हुन्छ ।’बिजुली खपतको सन्देश दिन हरिवंशले विद्युत प्राधिकरणसँग मिलेर टेलिसिरियल ‘झिलिमिली’मा अभिनय गर्दैछन् । महसञ्चारले निर्माण गर्न लागेको यो सिरियलको छायांकन आगामी आइतबारदेखि सुरु हुँदैछ । बिजुलीको खपत कसरी बढाउने भन्ने अभियानअनुसार यो सिरियल बनाउन लागेको उनले जनाए । ‘चुल्होमा, सिंचाइमा र गाडीमा बिजुली खपत कसरी गर्न सकिन्छ भन्ने सन्देश दिने कथामा सिरियल बन्नेछ,’ उनले भने । अहिले तीनवटा एपिसोडमा सिरियल सुटिङ हुनेछ ।

गत पुस २ गते आफू अभिनित फिल्म ‘महापुरुष’को ५१ दिन मनाउन आयोजित समारोहमा हरिवंशले बाँकी जीवन कार्बन तटस्थ रुपमा बाँच्ने बताएका थिए । सोही कार्यक्रममा उक्त फिल्मलाई मुलुककै पहिलो कार्बन तटस्थ फिल्म घोषणा गरिएको थियो । साथै, हरिवंशले आफ्नो गाउँ काभ्रेमा डेढ सय रुख रोप्ने तयारी गरेका छन् । आगामी वर्षायामलाई लक्षित गरी गर्न लागिएको वृक्षारोपणका लागि पानी ट्याङ्की निर्माणको कार्य भइरहेको छ ।नेपालले जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन ९कोप(२६०मा सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई खुद शून्यमा झार्ने प्रतिबद्धता जनाइसकेको छ । जसका लागि बिजुली खपत गर्ने योजना सरकारले अघि सारिरहेको छ ।एट्टो–३ इलेक्ट्रिक कारमा ५० किलोवाट र ६०।५ किलोवाट क्षमतायुक्त दुईवटा ब्याट्री रहेका छन्, जसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

सम्बन्धित खबर