LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

ज्नकपुरधाम । मधेश प्रदेशका पाँच जिल्लामा आज विहिवारदेखि हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ ।
प्रदेशमा धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा आजदेखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ । सप्तरी, सिरहा र पर्सा जिल्ला सो रोग मुक्त भएको छ ।
उतm अभियानको विहिवार जनकपुरधाममा उद्घाटन गर्दै मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले प्रदेशका पाँचवटा जिल्लामा रहेको हात्तीपाइले रोगको प्रभावलाई रोक्न सरकार तत्पर रहेको बताईन । मन्त्री साहले यस रोगलाई रोक्नका लागि स्वास्थ्यकर्मीहरु सजग हुनुपर्ने आवश्यकता रहेको बताइन् ।
मन्त्री साहले यस कार्यमा स्थानीय तहहरुलाई पनि समन्वय गरि प्रभावकारि रुपमा अभियान संचालन गर्न सरोकारवालासँग आग्रहा समेत गरिन ।
कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख युगल किशोर यादवले आजदेखि स्वास्थ्यकर्मीहरुले घर घरमा गएर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको बताए । स्वास्थ्यकर्मीहरू घरघरमा पुगेर ३ वर्षदेखि माथि उमेरका सबैलाई उचाइ, वजनअनुसार औषधि खुवाउने गरेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनसम्मका सुत्केरी, छारे रोगी, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने जानकारी दिए । आगामी चैत महिनामा घर–घरमा गएर म्यापिङ्ग गरि रोगको वास्तविक तथ्यांक संकलन गरिने उनले बताए ।

सम्बन्धित खबर