LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । मधेश प्रदेश सरकार ६ औ पटक विस्तार पश्चात पुर्णता पाएको छ ।
६ दलिय गठबन्धन अर्थात नेपाली काँग्रेस, जसपा, माओवादी केन्द्र, जनमत, लोसपा र नेकपा एसको समिलित मधेश प्रदेश सरकार विस्तार लामो रसाक्सी पश्चात पुर्णता पाउन सफल भएको हो ।
मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुई मन्त्रीलाई सोमवार नियुक्त गरेका छन् । सप्तरीबाट दुई पटक निर्वाचित काँग्रेसका सांसद मो.समिम गृह सञ्चार तथा कानुन र जनमतका पार्टीको समानुपातिक कोटामा सासद भएका चन्दन सिंह श्रम तथा यातायात मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । नव नियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख मिश्रले पद तथा गोपनियताका शपथ सोमवार नै गराएका हुन् ।
त्यसैगरि, बिना बिभाग्यि राज्यमन्त्री शेष अबुल कलाम अदाजलाई उर्जा सिचाई तथा खानेपानि राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । उनी यस अघि तत्कालिन समाजिक विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । मन्त्रीपरिषद पुर्णता पाएको भनिएपनि एक जना मन्त्रीलाई अझै जिम्मेवारी तोक्न सकिएको छैन । तत्कालिन समाजिक विकास मन्त्री सुरिता साहलाई अझै बिना बिभागिय मन्त्रीको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको छ ।
सोमवार नै बिना विभाग्यि मन्त्री जनमतका बसन्त कुश्वाहा र राज्यमन्त्री संजय यादवले राजिना दिएका थिए । मन्त्री कुश्वाहा र राज्यमन्त्री यादवलाई सुरुमा भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर प्रदेशमा सत्ता समिकरण फेरिएपछि उनीहरुलाई बिना विभाग्यि मन्त्री बनाईएको थियो ।

सम्बन्धित खबर