LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

जनकपुरधाम
नक्कली नागरिकता बनाउनका लागि वडाबाट सिफारिश गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर फरार भएका छन् ।
वडाध्यक्ष रहेको समयमा ठाकुरले नक्कली नागरिकताको सिफारिश गरेको भन्दै जिल्ला अदालत धनुषाले उनीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले पूर्व वडाध्यक्ष ठाकुरसँगै वडासचिव माधव रायबिरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको छ । ठाकुरसँगै वडासचिव रायसमेत फरार भएका छन् ।
नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई फेरी वडा नम्बर–८ बाट नागरिकताकै लागि सिफारिश गरेपछि ठाकुरबिरुद्ध मुद्दा परेको थियो ।
धनुषाको मुखियापट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए । उनै मिश्रलाई पुनः जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिश गरिएको पाइएको छ ।
मिश्रले २०७८ मंसिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालयबाट अर्को नागरिकता प्राप्त गरेका हुन् । दूबै नागरिकतामा भने उनको जन्ममिति तथा स्थान फरक फरक देखाइएको छ । उनको पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ भने अर्को नागरिकतामा बुवाको नाम देव शरण उल्लेख गरिएको छ ।

सम्बन्धित खबर