LIVE
काँग्रेसले वर्तमान सरकारबाट समर्थन फिर्ता, आफ्नै नेतृत्वमा सरकार गठनको पहल | मुख्यमन्त्री सिंहको राजिनामाबारे अन्य पार्टीका सांसदहरु के भन्छन् ? | मधेश प्रदेश सभामा सुचारु गर्न दलहरुको माग | जनमतमा पहिरो, कमजोर हुदै जनमत ! | मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई पार्टीको स्पष्टीकरण | आफ्नै पार्टीले नेतृत्व गरेको सरकारबाट जनमतले लिए समर्थन फिर्ता | सिरहाका विस्थापित प्रहरी युनिटहरु पुनःस्थापित हुदै | प्रहरीको हतियार लुटेको आरोपमा जनकपुरका दुई युवा पक्राउ | मधेश प्रदेशका चौकीहरुमा अझै फर्केन सकेनन् सुरक्षाकर्मी | मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी, सर्वदलीय सरकारको सम्भावना |

काठमाडौं । सरकारले थप दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएका हुन ।भारतको सिलुगुडीदेखि झापाको चारआली र बाराको अमलेखगञ्जदेखी चितवनको लोथरसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ ।अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुनेछ भने भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० कलिोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएका छन ।

हाल भारतको मोतिहारीदेखि आमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलाइन सञ्चालनमा छ । सो पाइपलाइन अब लोथरसम्म आइपुग्ने छन ।यस्तै सिलुगुडीदेखि चारआलीम्मको पाइपलाइन विस्तार दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हुनेछन । पूर्व क्षेत्रको पेट्रोलियम वितरणमा यो पाइपलाइन महत्वपूर्ण हुने आयल निगमको दावी रहेको छ । तर, विद्युतीय खपत बढीरहेको र नेपाल आयल निगम वित्तीय रुपमा संकट रहेका बेला महँगो पूर्वाधारमा लगानी गर्नु उपयुक्त नरहेको जानकारहरु बताएका छन।

सम्बन्धित खबर