LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को २ बाट तमलोपाका उम्मेदवार असगर अलिले देश र प्रदेशको विकास र सम्वृद्धिको लागि समाजिक एकता र भाईचारा आवश्यक रहेको बताएका छन ।
शनिवार जनकपुरधाम–२५स्थित घरदैलो कार्यक्रमलाई पश्चात आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार अलीले यस्तो धारणा राखेका हुन् ।

‘सच्चा र देशभक्त राजनीतिकर्मीले जातपात र धर्मको राजनितक कहिले गर्न सक्दैनन्, उम्मेदवार अलिले भने,‘ सच्चा र देशभक्तिले ओतपरोत भएका राजनीतिकर्मीले सदैव देश र जनताको हितको लागि गर्छन्,समाजमा हरेक वर्ग, सामुदाय, जात जाती विकास सम्वृद्धिको लागि संघर्षरत रहन्छन् । समाजमा पछाडि परेका, उत्पीडन र विभेदमा परेका सामुदायको उत्थानको लागि तत्पर रहन्छन् ।’ हाम्रा पुरखाहरुले रगत पसिना बगाएर देशलाई बनाएको उल्लेख गर्दै यसको सम्वृद्धि र विकासको लागि हामि सबैलाई एकजुट हुनुको विकल्प नरहेको उनको भनाई थियो ।


अर्को प्रशंगमा नेता अलीले मधेश र मधेशीको हक अधिकारको सुनिश्चिता तथा प्रदेशको विकास र सम्वृद्धिको लागि आफुले उम्मेदवारी दिएको बताए । मधेश केन्द्रित दलहरुले मधेशको मुद्दा छोडिसकेको बताउदै उम्मेदवार अलीले भने,‘ ठुलठुला राजनीतिक दलहरुकै कारण लाखौ मधेशीका सन्तानले नागरिकताबाट वञ्चित छन्, नागरिकताको अभावमा उनीहरुको उच्च शिक्षादिक्षा हुन सकिरहेको छैन,नत कहि रोजगारी नै पाउन सकिरहेको छैन । त्यसकारण त्यस्ता दलहरुलाई पहिचान गर्ने यहि मौका रहेकोले सचेत भई मतदान गर्नुको विकल्प छैन ।’
जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउदै नेता अलीले जनकपुरधामलाई नेपालकै नमुना धार्मिक पर्यटकीय शहरको रुपमा विकास गरेको खण्डमा यहाँको आर्थिक कारोवारमा वृद्धि हुनुको साथै स्थानीय युवाहरुको लागि रोजगारीको अवस्था सर्जृना हुने बताए ।

सम्बन्धित खबर