LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गरेका छन् । तर आफूहरुको नियत गलत नभएको उनको दाबी छ ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ । नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तयारी छ ।

क्रिकेट संघले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले अञ्जानमा त्रुटि भएको बताए । उनका अनुसार क्यानले २०२० जनवरीमा एमओयू गरेको थियो भने एक वर्षपछि पहिलो सम्झौता गरेको थियो । राष्ट्रिय खेलकदु परिषद् (राखेप)को अनुमति लिएर मात्र सम्झौता गर्नुपर्नेमा त्यसको पालना नभएको स्वीकार गरेका उनले भने, ‘तर राखेपले अनुमति नदिएसम्म हामीले कुनै पनि काम गरेनौं ।’सम्झौताअनुसार काम अघि बढाउन रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसलाई दबाव दिन नसक्नु कमजोरी भएको उनले बताए । चन्दले भने, ‘श्रम स्वीकृति पनि ढिला भयो । यसले एकपछि अर्को विवाद आयो । यसमा आयोजक क्रिकेट संघको पनि त्रुटि रह्यो ।’

उनले प्रतियोगितामा नकारात्मक काम मात्र नभएको दाबी गरे । प्रतियोगिता भएको, नेपाली खेलाडीहरुले ८० प्रतिशत पैसा पाएको र अरु पनि पाउने क्रममा रहेको उनको दाबी छ ।राखेपको छानबिन समितिले निलम्बनसम्म कारबाही गर्न सिफारिस गरेको छ नि भन्ने प्रश्नमा उनले क्रिकेट संघलाई पुरानै (निलम्बन) अवस्थामा फर्काउन खोजेको हो भनेर प्रश्न गरेका छन् । आफ्नो नेतृत्वको कमिटी आईसीसीको रोहबरमा चुनिएर आएको र यसलाई चुनावबाट आउने अर्को कमिटीले मात्र प्रतिस्थापन गर्न सक्ने उनले बताए ।क्रिकेट संघका अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताए ।

सम्बन्धित खबर