LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

विद्यालयमा पढाईको अवस्था बुझ्न गएका एक युवाकमाथि कुटपिट भएको छ । सर्लाहीको बरहथवा नगरपालिका १०, स्थित दुर्गा सरस्वती जनता माध्यमिक विद्यालयमा पढाई के कस्तो चलिरहेको छ भन्ने बुझ्न गएका स्थानीय २१ वर्षीय कृष्णकुमार चौधरीमाथि कुटपिट भएको हो ।विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण यादवले उनीमाथि कुटपिट गरेका हुन् । अध्यक्ष यादवले टाउकोमा कुर्सी प्रहार गरेपछि टाउको फुटेर घाइते भएका हुन् । उनलाई १० वटा टाँका लगाउनु परेको छ।

कृष्णकुमारको भाइबहिनी पनि सोही विद्यालयमा पढ्ने भएकाले पढाईको अवस्थाबारे बुझ्न गएका थिए। राजनीतिक पूर्वाग्रहा राखेर पूर्वअध्यक्ष यादव आफूमाथि कुटपिट गरेको बताए।व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण यादवले चौधरीसँग विवाद मात्र भएको दावी गर्दै उनले विद्यालयमा आएर अनावश्यक विवाद झिक्ने गरेको बताए। तर स्थानीय भने यादवले विद्यालयलाई आफ्नो निजी सम्पत्ति जस्तो गरेर अड्डा जमाएर बस्ने गरेको गुनासो गरेका छन्।

सम्बन्धित खबर