LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

काठमाण्डौ ।आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा नेपालले यूएईविरुद्ध सानदार जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो ।

यूएईविरुद्ध फराकिलो रनको जित निकालेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतालाई जोगाएको छ । लिग टुमा चौथो स्थानमा उक्लिएसँगै नेपालले ओडीआई मान्यतालाई कायमै राख्न सफल भएको हो ।

यूएईविरुद्धको जितसँगै ३४ खेलबाट ३६ अंक बनाएको नेपाल लिग टुको चौथो स्थानमा उक्लियो । योसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको हो । यता, यूएईले लिग टुबाट एकदिवसीय मान्यतालाई जोगाउने अवसर गुमाएको छ ।

 

अब एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गर्न यूएईले विश्वकप छनोटको प्लेअफमा जर्सी र क्यानाडामध्ये एकलाई उछिन्नुपर्ने हुन्छ । यता, नेपालसँग यूएई हारेसँगै अमेरिकाले पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायमै राख्न सफल भएको छ । अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । पराजित यूएईको भने ३४ खेलबाट ३१ अंक छ ।

नेपालको चमत्कारी बलिङ

नेपालले दिएको २४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले २२।५ ओभरमा सबै विकेटको क्षतिमा ७१ रन मात्रै बनाउन सक्यो ।

नेपाली बलरले किफायती बलिङ गरे । यसअघि लगातार बेन्चमा बस्दै आएका ललितनारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । ओपनिङ बलिङ गरेका ललितले आफ्नो लगातार दुई ओभरमा विकेट मेडन राखे । ललितले ७।५ ओभर बलिङ गर्दै दुई ओभर मेडन राखेर २० रन खर्चिएर पाँच विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले दुई, सोमपाल कामी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

यूएईका तीन खेलाडीले दोहोरो अंकमा रन बनाए । यूएईका ब्याटर एकपछि अर्को आउट भएपछि नेपालले सानदार जित निकालेको हो । यूएईका आयन अफ्जल खानले २९, अश्वन्थ भालथापाले १४ र कार्थिक मैयाप्पनले ११ रन बनाए ।

नेपालको ब्याटिङ, मिडिल अर्डरको भर

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९।२ ओभरमा सबै विकेटको क्षतिमा २४८ रन बनाएपछि यूएईले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ११२ बलमा ९ चौकाको मद्दतमा ७७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले आठौँ अर्धशतक बनाए । रोहित नेपालको सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । यसअघि आशिफ र ज्ञानेन्द्र मल्लले एकदिवसीय क्रिकेटमा ७–७ अर्धशतक बनाएका छन् ।

रोहितले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ८६ रनको साझेदारी गरे । यसअघि उनले चौथो विकेटका लागि भीम शार्कीसँग ५४ रनको साझेदारी गरेका थिए । आरिफ शेखले ५२ बलमा पाँच चौका प्रहार गर्दै ४३ रन बनाएर आउट भए ।

गुल्सन झा ३२ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३७ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले १९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यसअघि भीम सार्की २९, कुशल मल्ल ९, कुशल भुर्तेल आठ र आशिफ शेख शून्यमा आउट भएका थिए । २२ रन हुँदा तेस्रो विकेट गुमाएको नेपालले सम्हालेर खेल्दै यूएईलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।

यूएईका आयन अफ्जल खान, रोहन मुस्तफा, जाहोर खान र जावार फरिदले समान २(२ विकेट लिए ।

सम्बन्धित खबर