LIVE
धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो | प्रदेश सभामुख यादवको योगदानलाई कदर गर्दै ‘महामूर्ख’ उपाधि | जनमतका पुर्व विदेश विभाग प्रमुख काँग्रेसमा प्रवेश | निर्वाचनका लागि तीन दिन धनुषामा सिमानाका र रेल बन्द | शान्तिपूर्ण मतदानका लागि महोत्तरीमा सर्वदलीय सहमति, होली मनाउन पनि मर्यादा | उम्मेदवार नै अर्कै पार्टीमा प्रवेश गरेपछि आफ्ना एजेण्डमा लिखित प्रतिवद्धता जनाउने उम्मेदवार वा पार्टीलाई समर्थन गर्ने रामुपाको घोषणा | महोत्तरी–४ मा कडा टक्कर : जित्ने दाउमा यादवद्वय, कमजोर छैन रास्वपा |

काठमाडौं । अभिनेता तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्धको सन्देशसहित नयाँ गीत ‘काउली’ दर्शकमाझ ल्याएका छन् । आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतमा अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको समेत आवाज छ । भिडियोमा आचार्यसहित प्रकाश सपुत र प्रियंका कार्की पनि फिचर्ड छन् । गीतको भिडियोमा चेलीबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ । भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।

हरिवंशका अनुसार उनले यो गीत निर्देशक ओलीकै वैवाहिक वर्षगाँठमा लेखेका हुन् । ‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासि काउलीको प्रसंग निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्‍यो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो ।’

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे व्रतबन्धतिर उफ्रीउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शक पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने । गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज र गम्भीर विष्टले नृत्य निर्देशन गरेका हुन् । हरिवंशले यसअघि पनि चेलीबेटी बेचबिखनविरुद्धकै सन्देशमा आधारित ‘कर्कलो कोक्याउला’ गीत ल्याएका थिए ।

 

सम्बन्धित खबर