LIVE
धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो | प्रदेश सभामुख यादवको योगदानलाई कदर गर्दै ‘महामूर्ख’ उपाधि | जनमतका पुर्व विदेश विभाग प्रमुख काँग्रेसमा प्रवेश | निर्वाचनका लागि तीन दिन धनुषामा सिमानाका र रेल बन्द | शान्तिपूर्ण मतदानका लागि महोत्तरीमा सर्वदलीय सहमति, होली मनाउन पनि मर्यादा | उम्मेदवार नै अर्कै पार्टीमा प्रवेश गरेपछि आफ्ना एजेण्डमा लिखित प्रतिवद्धता जनाउने उम्मेदवार वा पार्टीलाई समर्थन गर्ने रामुपाको घोषणा | महोत्तरी–४ मा कडा टक्कर : जित्ने दाउमा यादवद्वय, कमजोर छैन रास्वपा |

काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना यतिबेला दुई कारणले चर्चामा छिन् । उनको निर्माण रहेको फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनमा छ भने उनी गर्भवती भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ । तर पछिल्लो हल्लाले यी हिरोइनलाई हैरानी दिएको छ ।हैरानी पनि यतिसम्मकी उनले प्रेस काउन्सिलको ध्यानाकर्षण नै गराउनुपरेको छ । म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला फैलाएपछि यसप्रति नीता असन्तुष्ट सुनिएकी हुन् । केही दिनअघि आफू अभिनित म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नीताले आफूले जन्माएका सिर्जना सन्तानजस्तै लाग्ने अभिव्यक्ति दिएकी थिइन् ।

फिल्म वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई वास्तविक जस्तो बनाएर पेस गर्दा यसले कलाकारको जीवनलाई असर गरेको गुनासो उनको छ । यस्तो क्रियाकलापले कलाकारको जीवनमा नकारात्मक प्रभाव परिरहेको नीताको भनाइ छ । ‘यस्तो प्रचलनप्रति मेरो घोर भन्र्सना छ,’ उनी लेख्छिन्, ‘मेरो जीवनमा यसले नकारात्मक प्रभाव परेको छ । यस क्रियाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’

31%

खुसी

0%

सम्बन्धित खबर