LIVE
धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो | प्रदेश सभामुख यादवको योगदानलाई कदर गर्दै ‘महामूर्ख’ उपाधि | जनमतका पुर्व विदेश विभाग प्रमुख काँग्रेसमा प्रवेश | निर्वाचनका लागि तीन दिन धनुषामा सिमानाका र रेल बन्द | शान्तिपूर्ण मतदानका लागि महोत्तरीमा सर्वदलीय सहमति, होली मनाउन पनि मर्यादा | उम्मेदवार नै अर्कै पार्टीमा प्रवेश गरेपछि आफ्ना एजेण्डमा लिखित प्रतिवद्धता जनाउने उम्मेदवार वा पार्टीलाई समर्थन गर्ने रामुपाको घोषणा | महोत्तरी–४ मा कडा टक्कर : जित्ने दाउमा यादवद्वय, कमजोर छैन रास्वपा |

काठमाडौं । अभिनेत्री वर्षा राउत पछिल्लो समय निजी जीवनका कारण चर्चामा छिन् । गत वर्ष अभिनेता समेत रहेका श्रीमान् सञ्जोग कोइरालासँगको मनमुटावको कुरा उनी आफैंले सार्वजनिक गरेकी थिइन् । त्यतिबेला सम्बन्ध विच्छेदको सोच आएको टिप्पणी पनि वर्षाले गरेकी थिइन् ।समाजको लागि भए पनि आफूहरु मिलेर बस्नुपर्छ भन्ने सुझाव आफूले पाएको उनले बताएकी थिइन् । त्यसको केही महिनापछि अभिनेता सलोन बस्नेतको रिसेप्सन पार्टीमा एकसाथ देखिएपछि यी दुईबीचको मनमुटाव मत्थर भएको अनुमान गरिएको थियो ।

मंगलबार वर्षाले इन्स्टाग्राम स्टोरीमा एकैसाथ तीनवटा स्टोरी पोस्ट गरेकी थिइन्, जसले त्यसतर्फ संकेत गर्छ । पहिलो स्टोरीमा उनले लेखेकी थिइन्, ‘म ती व्यक्तिको वरपर रहँदा थकित भइसकें, जसले इमान्दारिताको कुरा बुझ्दैनन् ।’ कालो ब्याकग्राउन्ड सहितको अर्को स्टोरीमा उनी लेख्छिन्, ‘समाजभन्दा अब आफ्नो मानसिक शान्तिलाई रोज्छु । सम्झौता धेरै भयो ।’ तेस्रो पोस्टमा उनी पुनः लेख्छिन्, ‘यो कम्प्रोमाइज भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’नाइँ नभन्नु ल ४’ बाट अभिनयमा डेब्यु गरेकी वर्षाले १५ वटा फिल्ममा काम गरेकी छन् ।

सम्बन्धित खबर