LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

फाएजा फहमीदा
जनकपुरधाम ।
इस्लामको धर्मको प्रवर्तक हजरत महोम्मद पैगम्बरको जन्मजयन्तीको अवसरमा जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल मुस्लिम डेभलपमेन्ट सोसाईटी, मुस्लि युवा समाज जनकपुरधाम र ब्लड फर निडको संयुक्त आयोजना शनिवार जनकपुरधामको तप्सी चोकमा हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती १२ रबिउल्लअव्बलको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको युवा नेता एजाज अन्सारीले जानकारी दिए । रक्तदान जीवन दानको विश्वव्यापी नारालाई मलजल गर्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । इस्लामीक क्यालेण्डरको रविउल्लअव्बल महिनाको १२ तारिकका दिन हजरत मोहम्मद(स)को जन्मजयन्ती संसारभरिका मुस्लिम सामुदायले धुमधामका साथ मनाउदै आएका छन् ।

सम्बन्धित खबर