LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

काठमाण्डौ । नागरिक अगुवाहरू पिताम्बर शर्मा, खगेन्द्र संग्रौला, भरत सुवेदी, सुधिर शर्मा, मानुषी यमी भट्टराईलगायत २६ जना अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सन् १९४८ देखि इजरायलले प्यालेस्टाइनीहरूलाई राज्यबिहीन बनाएको भन्दै अहिले गाजामा प्यालेस्टाइनीहरूलाई सखाप पार्न इजरायलले आक्रमण गरिरहेको बताएका छन् ।

इजरायलको यो कदममा अमेरिका र उसका युरोपेली समर्थकले समर्थन जनाएको भन्दै आपत्तिसमेत प्रकट गरेका छन् । उनीहरूले गाजाको अल अहली अरब अस्पतालमा इजरायलले आतंकवादी आक्रमण गरेको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले ७ अक्टुबरमा हमासले इजरायली सैन्य र गैरसन्य नागरिकको हत्या गरेकोसमेत बताएका छन् । उनीहरूले आफूहरू आम प्यालेस्टाइनी जनताको पक्षमा रहेको बताएका छन् ।

सम्बन्धित खबर